९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको देवचुली महोत्सवमा यसरी मच्चियो धुम ! (फोटो फिचर)

२८ कार्तिक २०७३, आईतवार ०५:०९

गोपिकृष्ण चापागाई । कार्तिक २८, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सव २०७३ को तेस्रो दिन शनिबार बिशेष आकर्षकको रुपमा लोकप्रिय गायक शिब परियार थिए । कार्यक्रममा ढिलै आएका गायक शिबलाई कुर्ने हजारौं दर्शक दिनभरीको घाम नभनि महोत्सवमा रमाइरहेका थिए । 


जब कार्यक्रमको अन्तिम प्रस्तुतीको रुपमा गायक शिब परियार स्टेजमा चढे तब हजारौं दर्शकले उनलाई निकै साथ दिए । मेरो कावासोती बासी दर्शकहरु नमस्कार भन्दै शिबले स्टेज तताउन शुरु गरे पछि करिब पौने घण्टासम्म दर्शक ननाँचि बस्न सकेनन् । शिब परियारले कार्यक्रममा आफ्नो निकै चर्चित गीतहरु गाएका थिए । 

उनले गाएका आधा दर्जन चर्चित गीतहरु मध्ये ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ गीतमा उपस्थित सम्पुर्ण दर्शक खुबै नाँचेको देखिन्थ्यो । साँझ अबेरसम्म जति गीत गाएपनि दर्शकले वान्समोर भन्दै शिबलाई बिदा माग्नै दिएका थिएनन् । यहि कार्तिक २५ गतेबाट मंसिर ४ गते सम्म चल्ने महोत्सवको आजको तेस्रो दिन गायक शिब परियार, प्रजापति पराजुली, अम्मर बिरही गुरुङ, रमेश राज भट्टराई, दिपक खड्का, गायिका प्रिती आले तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । 


साथै आज (कार्तिक २८) को कार्यक्रममा बिशेष आकर्षकको रुपमा चर्चित गायक पशुपति शर्मा, दुर्गा सापकोटा, रुवी सिङ्जाली, कवि सारु, नवराज थापा र स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव मध्ये नेपालकै पहिलो टेलिभिजन देवचुली टेलिभिजनले आयोजना गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो