२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणी नदीमा हामफालेको भनिएका युवक डुलिरहेको अवस्थामा भेटिए

२०७३, २८ कार्तिक आईतवार १५:४९

कात्तिक २८, चितवन । आज बिहान श्रीमतीलाई पत्र लेखेर नारायणी नदीमा हामफालेको भनिएका तिलकप्रसाद लिम्बु साँझ एकाएक डुलिरहेको अवस्थामा भेटिएका छन्  । भरतपुर १० को चितवन मेडिकल कलेज नजिकै उनी भेटिएको प्रहरीले जनाएको छ ।

आज विहान साढे ३ बजेतिर वडा प्रहरी कार्यालय नारायणीमा प्रहरीलाई फोन मार्फत लिम्बु पुलबाट हामफालेको भन्ने खबर आएको थियो । फोनमा भनिएको थियो – ‘पुलमा कसैको नागरिकतासहित महत्वपूर्ण कागजपत्र भेटियो । नदीमा हामफालेको पनि हुनसक्छ ।’

खबर सँगै तत्काल प्रहरी टोली पुग्यो । पुलमा मोरङ पथरी १ का तिलकप्रसाद लिम्बुको नागरिकताको फोटोकपि, अञ्जलीको सक्कल नागरिकता, उनीहरुको बिहे दर्ताको प्रमाणपत्र भेटियो । साथै एउटा पत्र पनि भेटियो – ज्याकेट र मोबाइलसँगै श्रीमतीलाई सम्बोधन गरेको उक्त पत्रमा टाढा जाँदैछु, राम्रोसँग जीउनु भन्ने भाव व्यक्त गरिएको थियो । यसै कारण पनि सबैले ति व्यक्ति नदीमा हामफालेको आशंका गरे ।

घटना लगत्तै दिनभर नेपाली संचार मध्यमहरुमा रासस मार्फत आएको उक्त घटनाको समाचार फैलियो । प्राय सबै अनलाइन मिडियाले श्रीमतीलाई वियोगान्त पत्र लेखेर एक युवक नदीमा हाम फाले भन्ने खबर लेखे । 

तर प्रहरीले पुलमा भेटिएको कागजपत्र ल्याएर ति व्यक्तिको आफन्तको खिजो गर्यो । प्रहरीले बेलुका तिर उनका भिनाजु र सालीलाई सम्पर्क गर्न सफल भए । सम्पर्कमा आएका आफन्तले समेत उनी मानसिक रोगि भएको बताएपछी अझै आशंका थपियो ।आफन्तले समेत उनि नदीमा हामफालेको हुनसक्ने शंकामा बल दिए । तर प्रहरीले उनको खोजी जारी राक्दै गर्दा तिनै नारायणी नदीमा हामफालेको भनिएका तिलकप्रसाद लिम्बु बेलुका पाख एकाएक डुलिरहेको अवस्थामा भेटिए । भरतपुर १० स्थित चितवन मेडिकल कलेज नजिकै उनलाई प्रहरीले भेटेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ