४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणी नदीमा हामफालेको भनिएका युवक डुलिरहेको अवस्थामा भेटिए

२८ कार्तिक २०७३, आईतवार १५:४९

कात्तिक २८, चितवन । आज बिहान श्रीमतीलाई पत्र लेखेर नारायणी नदीमा हामफालेको भनिएका तिलकप्रसाद लिम्बु साँझ एकाएक डुलिरहेको अवस्थामा भेटिएका छन्  । भरतपुर १० को चितवन मेडिकल कलेज नजिकै उनी भेटिएको प्रहरीले जनाएको छ ।

आज विहान साढे ३ बजेतिर वडा प्रहरी कार्यालय नारायणीमा प्रहरीलाई फोन मार्फत लिम्बु पुलबाट हामफालेको भन्ने खबर आएको थियो । फोनमा भनिएको थियो – ‘पुलमा कसैको नागरिकतासहित महत्वपूर्ण कागजपत्र भेटियो । नदीमा हामफालेको पनि हुनसक्छ ।’

खबर सँगै तत्काल प्रहरी टोली पुग्यो । पुलमा मोरङ पथरी १ का तिलकप्रसाद लिम्बुको नागरिकताको फोटोकपि, अञ्जलीको सक्कल नागरिकता, उनीहरुको बिहे दर्ताको प्रमाणपत्र भेटियो । साथै एउटा पत्र पनि भेटियो – ज्याकेट र मोबाइलसँगै श्रीमतीलाई सम्बोधन गरेको उक्त पत्रमा टाढा जाँदैछु, राम्रोसँग जीउनु भन्ने भाव व्यक्त गरिएको थियो । यसै कारण पनि सबैले ति व्यक्ति नदीमा हामफालेको आशंका गरे ।

घटना लगत्तै दिनभर नेपाली संचार मध्यमहरुमा रासस मार्फत आएको उक्त घटनाको समाचार फैलियो । प्राय सबै अनलाइन मिडियाले श्रीमतीलाई वियोगान्त पत्र लेखेर एक युवक नदीमा हाम फाले भन्ने खबर लेखे । 

तर प्रहरीले पुलमा भेटिएको कागजपत्र ल्याएर ति व्यक्तिको आफन्तको खिजो गर्यो । प्रहरीले बेलुका तिर उनका भिनाजु र सालीलाई सम्पर्क गर्न सफल भए । सम्पर्कमा आएका आफन्तले समेत उनी मानसिक रोगि भएको बताएपछी अझै आशंका थपियो ।आफन्तले समेत उनि नदीमा हामफालेको हुनसक्ने शंकामा बल दिए । तर प्रहरीले उनको खोजी जारी राक्दै गर्दा तिनै नारायणी नदीमा हामफालेको भनिएका तिलकप्रसाद लिम्बु बेलुका पाख एकाएक डुलिरहेको अवस्थामा भेटिए । भरतपुर १० स्थित चितवन मेडिकल कलेज नजिकै उनलाई प्रहरीले भेटेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ