२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

विभेद अन्त्यका लागि बागलुङको बुर्तिबाङमा दलित युवा सञ्जाल गठन

२०७३, २९ कार्तिक सोमबार ०१:५९

कृष्ण कँडेल | कात्तिक २९, बागलुङ | जातिय विभेद अन्त्यका लागि युवाहरुको सक्रियता बढाउने उदेश्यले बागलुङको बुर्तिबाङमा दलित युवा सञ्जाल गठन गरिएको छ । 

विगतदेखि नै विभेद सहँदै आएका दलित समुदायको शसक्तिकारण र सचेतिकारणका लागि पहिले युवाहरु सचेत हुनुपर्ने भएकाले गाविस भित्रका युवाको भेला गरिसञ्जाल गठन गरिएको हो । 

गाविस भरिका युवाको भेलाबाट देवबहादुर सुनारको अध्यक्षतामा १७ सदस्यीय दलित युवा सञ्जाल बुर्तिबाङ गठन गरिएको दलित शशक्तिकरण केन्द्र बागलुङका सदस्य कुविर विश्वकर्माले जानकारी दिए । सञ्जालको उपाध्यक्षमा सुनमायाँ विक, सचिवमा मिनु विसी, सहसचिव संगिता विश्वकर्मा र कोषाध्यक्ष लक्ष्मी परियार रहेका छन् । 

सञ्जालको संरक्षकमा देवबहादुर विश्वकर्मा र हेमप्रसाद विश्वकर्मा छन् । सञ्जालमा युवाहरु संगठित भएपछि विभेद अन्त्य गर्न विभिन्न प्रकारका रचनात्मक कार्यक्रम गरिने अध्यक्ष देवबहादुर सुनारले जानकारी दिए । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा दलित शसक्तिकारण केन्द्र बागलुङले सञ्चालन गरेको समावेशि शिक्षा कार्यक्रम अन्तरगत सञ्जाल गठन गरिएको हो । कार्यक्रममा दलित शशक्तिकारण केन्द्र बागलुङका सदस्य कुविर विश्वकर्माले जातिय विभेद अन्त्य र युवा शशक्तिकारणको बारेमा सहजिकारण गरे । 

कार्यक्रम बुर्तिबाङ गाविसका सचिव चन्डीराज पौडेललको अध्यक्षता, क्षेत्रिय दलित सञ्जालका अध्यक्ष विष्णु विश्वकर्माको स्वागत मन्तव्य र फिल्ड सुपरभाईजर गोपाल विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ