२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

स्नातक तह सञ्चालन गर्न देउसी खेलेर नौ लाख सङ्कलन

२९ कार्तिक २०७३, सोमबार ०४:५५

कात्तिक २९, इलाम । कोल्बुङ गाविसको शान्ति निकेतन माध्यमिक विद्यालयले स्नातक तहको पढाइ सञ्चालन गर्न देउसी भैलो खेलेर रु नौ लाख सङ्कलन गरेको छ । 

शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिले विद्यालय आसपासका क्षेत्रमा देउसी खेलेर आर्थिक स्रोत सङ्कलन गरेको हो । विद्यालयका संस्थापक सोमदत्त अर्यालले सबैभन्दा बढी रु ५० हजार सहयोग गर्नुभएको विद्यालयका शिक्षक हेमन्त आचार्यले जानकारी दिनुभयो । 

तारगाउँ, हर्कटे, चिण्डे, प्युरे, कोल्बुङ र कुटीडाँडामा देउसी भैलो खेलेको विद्यालयले जनाएको छ । क्याम्पसको पढाइ सुरू गर्न थप रकम सङ्कलन गर्न गाउँगाउँमा सहयोग समिति बनाइएको छ । 

स्थानीय सहयोग समितिले रकम विद्यालयमा बुझाएपछि रकम अझै बढ्ने छ । तर देउसी खेलेको रकमले मात्रै स्नातक तह थाल्नका लागि चाहिने रकम नपुग्ने भएकाले विद्यालयले दातालाई सहयोगका लागि समेत आग्रह गरेको छ ।

पछिल्लो पटक माध्यमिक तहको नतिजाअनुसार जिल्लामा नै पहिलो सामुदायिक विद्यालय बन्न सफल शान्ति निकेतनमा स्नातक सुरू भए फिक्कल, कन्याम, श्रीअन्तु समाल्बुङ, जिर्मले, इरौँटार र शान्तिपुरलगायतका विद्यार्थीलाई सहज हुन्छ । 

स्नातक तह सञ्चालनका लागि विद्यालयले अन्य वैकल्पिक स्रोतको समेत खोजी गर्न थालेको छ । विद्यालयको नाममा कोल्बुङमा रहेको ५६ रोपनी जग्गा आम्दानीको लागि लिजमा दिने तयारी गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला