कात्तिक ३०, रोल्पा । आवश्यक महिला प्रहरीको दरबन्दी नहुँदा रोल्पा जिल्लामा हुने महिलासम्बन्धी घटना अनुसन्धान र कारबाहीमा समस्या हुने गरेको छ ।

जिल्लामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३०, रोल्पा । आवश्यक महिला प्रहरीको दरबन्दी नहुँदा रोल्पा जिल्लामा हुने महिलासम्बन्धी घटना अनुसन्धान र कारबाहीमा समस्या हुने गरेको छ ।

जिल्लामा "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

आलोपालो गरी पठाइन्छन् महिला प्रहरी

३० कार्तिक २०७३, मंगलवार ०३:१८

कात्तिक ३०, रोल्पा । आवश्यक महिला प्रहरीको दरबन्दी नहुँदा रोल्पा जिल्लामा हुने महिलासम्बन्धी घटना अनुसन्धान र कारबाहीमा समस्या हुने गरेको छ ।

जिल्लामा एक प्रहरी सहायक निरीक्षक, दुई हवल्दार सहित १८ जना मात्र महिला प्रहरी रहेका कारण जिल्लाका सबै प्रहरी चौकीमा महिला प्रहरी पठाउन नसकिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

जिल्लामा ३४ प्रहरी युनिट रहेकामा आठ युनिटमा मात्र महिला प्रहरी छन् । ती युनिट पनि कतिपय सुगम र कतिपय दुर्गममा पर्दछन् । ‘सबैलाई न्यायोचित ढङ्गले सुगम दुर्गम मिलाएर ‘रोटेसनमा’ पठाइन्छ’ घर्तीले भने ।

जिल्लाका अधिकांश युनिटमा रहेका प्रहरी ब्यारेक महिलामैत्री नभएका कारण पनि महिला प्रहरीलाई पठाउन समस्या भएको घर्तीले जानकारी दिए । जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएका कारण समाजमा हुने घटनामा पीडक र पीडित दुवै महिला हुनेको मात्रा बढिरहेका कारण मौजुदा जनशक्तिले धान्न नसकेको घर्तीको भनाइ छ ।

विभिन्न गोष्ठी, सेमिनार, अनुगमनलगायतको अवसरमा जिल्लामा महिला प्रहरीको सङ्ख्या थप गर्न माग गरिएको भएपनि हालसम्म पूरा हुन नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो