प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । कोशी पहाडी जिल्लाकै पहिलो तीनजुरे टाइम्स दैनिकले तेह्रथुम सदरमुकाम म्याङलुङ्गमा सन्चालन गरेको आधारभूत पत्रकारिता सम्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । कोशी पहाडी जिल्लाकै पहिलो तीनजुरे टाइम्स दैनिकले तेह्रथुम सदरमुकाम म्याङलुङ्गमा सन्चालन गरेको आधारभूत पत्रकारिता सम्ब"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

आधारभूत पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

२०७३, ३० कार्तिक मंगलवार १४:२८


प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । कोशी पहाडी जिल्लाकै पहिलो तीनजुरे टाइम्स दैनिकले तेह्रथुम सदरमुकाम म्याङलुङ्गमा सन्चालन गरेको आधारभूत पत्रकारिता सम्बन्धी ७ दिने तालिम मंगलबार सम्पन्न भएको छ ।

समापन कार्यक्रममा सहभागीलाई पुरस्कार वितरण गर्दै प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले पत्रकारिता संवेदनशील पेशा भएको धारणा राख्नुभयो । उहाँले पत्रकारहरुले पशागत दायित्व पुरा गर्दा सामाजिक परिवेश र सिंगो मुलुकलाई आँच पु¥याउने गरी नलेख्न सुझाव दिनुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्कीले पत्रकारिता समाजकै सबैभन्दा सम्मानित पेशा भएको भन्दै प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका कुरालाई व्यवहारिक प्रयोग गर्दै जिल्लाको चौतर्फी विकासमा सहयोग पु¥याउन आग्रह गर्नुभयो । कार्यक्रममा पुर्वसांसद तेजमान तुम्बाहाम्फेले नेपालमा संसारकै सर्वोत्कृष्ट संविधान जारी भइसकेको भन्दै त्यसको कार्यान्वयनमा पत्रकारहरुले विशेष निर्वाह गर्नुपर्ने बताउनुभयो ।

पत्रिकाका अध्यक्ष उद्धव तिम्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति अर्जुन तुम्बाहाम्फे, एमाले जिल्ला सदस्य अर्जुन ढुंगाना, राप्रपा नेपालका केशव ढुंगाना, गैरसरकारी संस्था महासंघका जिल्ला सचिव सन्तोष तिगेला, तालिमका प्रशिक्षक ज्ञानेन्द्र निरौलाले मन्तव्य राख्नुभएको थियो । तालिममा तेह्रथुम र पाँचथरका १८ जना सहभागी थिए ।

तालिम घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय र जिल्ला बन कार्यालयको सहयोगमा तीनजुरे टाइम्स दैनिकले आयोजना गरेको थियो । समापन कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र सन्चारकर्मी सहभागी थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा