प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । ग्रामीण क्षेत्रमा रहेर पत्रकारितासँगै समाजसेवामा संलग्न तेह्रथुमका पत्रकार प्रकाश पाक्साँवा पुरस्कृत हुनुभएको छ । पाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । ग्रामीण क्षेत्रमा रहेर पत्रकारितासँगै समाजसेवामा संलग्न तेह्रथुमका पत्रकार प्रकाश पाक्साँवा पुरस्कृत हुनुभएको छ । पाक"/>

2026-08-17 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

खिनमाया बचाऊ अभियानकर्मी पत्रकार पाक्साँवा नगद ३० हजार सहित पुरस्कृत


प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । ग्रामीण क्षेत्रमा रहेर पत्रकारितासँगै समाजसेवामा संलग्न तेह्रथुमका पत्रकार प्रकाश पाक्साँवा पुरस्कृत हुनुभएको छ । पाक्साँवालाई सदरमुकामभन्दा बाहिर रहेरपनि क्रियाशील रुपमा पत्रकारिता गर्दै समाजका दीनदुःखीहरुलाई निरन्तर सहयोग पु¥याएको भन्दै प्रवासी युवा समाजसेवी देब बाँस्कोटाले नगद ३० हजारसहित सम्मान गर्नुभएको हो । 

पाक्साँवाले हालै फाक्चामारा–४ की खिनमाया लिम्बुको दुवै मिर्गौला फेल भएको समाचार लेखेर उहाँको उपचारकालागि १७ लाख रुपैयाँ बढी संकलन गराउन अभियान सन्चालन गर्नुभएको थियो । हमरजुङ–४ स्थायी बसोबास भएका पत्रकार पाक्साँवा गएको ८ वर्षदेखि पत्रकारिता पेशासँगै जिल्लामा चर्चामा हुनुहुन्छ । 

उहाँले गाउँबाट कहिले मोबाइल बाट रिपोटिङ गरेर त कहिले दिनदुःखीलाई सहयोग जुटाएर निरन्तर चर्चा पाइरहनुभएको छ । पत्रकारितासँगै समाजसेवा पनि उत्तिकै जरुरी रहेको बताउने पाक्साँवाले लेखेका समाचार र तिनको प्रभावप्रति प्रभावित भएर आफुले पुरस्कृत गरेको इजरायलमा रहेका नेपाली युवा बाँस्कोटाले बताउनुभयो । 

नेपाल घर ओयाक्जुङ–५, तेह्रथुम भएका बाँस्कोटा आफैँ समाजसेवी र सञ्चारकर्मी पनि हुन् । उहाँले हालै सञ्चालनमा ल्याएको तेह्रथुम खबर डटकम मार्फत जिल्लाको चौतर्फी विकाससँगै समाज सुधारमा सहयोग गर्ने लक्ष्य राखेका छन् । सोही अभियानका क्रममा पत्रकार पाक्साँवाले आफ्नो लक्ष्य प्राप्तिमा महत्वपुर्ण साथ दिएको बाँस्कोटाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले भुगोलले टाढै थियौँ, र छौँ । तर उहाँले गर्ने र मैले गर्ने सेवाको भाव भने एउटै छ ।’ उहाँको पत्रकारिता पेशाप्रतिको लगाव, त्याग र समर्पणलाई सम्मान गर्दै पत्रकारितामा निरन्तर लागिरहने प्रेरणा मिलोस् भनेर पुरस्कृत गरेको हुँ, बाँस्कोटाले भन्नुभयो ।

बाँस्कोटाको चाहाना बमोजिम सदरमुकाम म्याङलुङ्गबजारमा आयोजित एक कार्यक्रमकाबीच पत्रकार पाक्साँवालाई प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, पुर्व सांसद तेजमान तुम्बाहाम्फे र पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष उद्धव तिम्सीनाले संयुक्त रुपमा पत्रकार पाक्साँवालाई ढाकाको मखलर, अविरजात्रा र नगद रु. ३० हजारसहित कदर पत्रले सम्मान गर्नुभयो । 

सम्मानपछि कार्यक्रममा बोल्दै पत्रकार पाक्साँवाले आफुलाई प्राप्त भएको पुरस्कारले पत्रकारितामा अझै डटेर लाग्ने हौसला मिलेको धारणा राख्नुभयो । पत्रकार पाक्साँवाले दुई वर्षअघि सम्म मोबाइलबाटै रिपोटिङ गर्दै आएको सुनेपछि संखुवासभा घर भई हाल हङकङमा कार्यरत सरिता चाम्लिङले एक थान ल्यापटप निःशुल्क प्रदान गर्नुभएको थियो । 

ल्यापटप पाएपछि आफुले पत्रकारितासँगै गरेको समाजसेवाको प्रतिफल स्वरुप पुनः उच्च धनराशी सहितको सम्मानले आफुलाई अझै उत्प्ररित गरेको पत्रकार पाक्साँवाले बताउनुभयो । पत्रकार पाक्साँवालाई यसअघि युकेमा रहेको कुरुम्भङ समाजका शेरबहादुर कुरुम्भङ र ईश्वरबहादुर कुरुम्भङले नगद रु. ८ हजारले पुरस्कृत गरेका थिए ।

जिल्लामा यी समान राशीका पुरस्कार अहिलेसम्म स्थापित छैनन् । जिल्लामै पहिलो पटक सबैभन्दा धेरै धनराशीको पुरस्कारबाट पत्रकार पाक्साँवा पुरस्कृत भएको पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष तिम्सीनाले बताउनुभयो । 

पत्रकार पाक्साँवालाई उनी कार्यरत थुप्रै सन्चार माध्यमहरुले पनि विभिन्न समयमा पुरस्कृत गरिसकेका छन् । उनी जिल्लाको पहिलो सामुदायिक रेडियो मेन्छ्यायेम, धनकुटाको रेडियो मकालु सहित आधा दर्जन बढी चर्चित अनलाइन र पत्रिकाहरुमा कार्यरत छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट