2026-10-18 03:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

गाउँका समस्या समाधान गर्न अभियान चौतारी

प्रकाश धौलाकोटी/मङ्सिर २, तेह्रथुम । गाउँ घरम हुने विभिन्न समस्याहरुको आफैँ समाधान गर्न तेह्रथुमको ईवा–५, बरबोटेका महिलाहरु संगठित बनेका छन् । महिलाहरुले गाउँघरमा हुने महिला हिंसा, घरेलु हिंसा तथा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रका साझा समस्याहरुको समाधान गर्न बरबोटे अभियान चौतारी गठन गरेका हुन् । 

अभियान चौतारीको अध्यक्षमा नरमाया ईङनाम, उपाध्यक्षमा लिला ईङनाम, सचिवमा लिला धौलाकोटी र कोषाध्यक्षमा पदममाया तामाङ सहित २९ जना महिलाहरु सदस्य रहेका छन् । एक्सनएड अन्तराष्ट्रिय नेपालको सहयोगमा जिल्लामा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत अभियान चौतारी गठन गरिएको हो । 

अभियान चौतारीले हरेक महिनाको ३ र २३ गते भेला बसेर महिला अधिकार, बाल अधिकार, दलित अधिकार, शिक्षा अधिकार लगायत विभिन्न विषयहरुमा छलफल गरी राज्यबाट हरेक नागरिकले पाउने सेवा सुविधा प्राप्तिकालागि छलफल गर्ने साझेदार संस्था देउराली सोसाइटीकी सामाजिक परिचालक सनिसा भेटुवालले जानकारी दिनुभयो । 

हाल तेह्रथुमका आठराई क्षेत्रका ईवा, ह्वाकु, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ, सक्रान्तिबजार र खाम्लालुङ गाविसमा समेत प्रत्येक गाविसमा ३ देखि ५ वटा सम्म अभियान चौतारी गठन गरी नागरिकका अधिकारका सवालमा छलफल र समाधान खोजिदै आएको छ । 

अभियान चौतारीमा छलफलपछि स्थानीय बासिन्दालाई राज्यबाट प्रदान हुने सेवा सुविधाबारे थाहा हुने र सेवा प्रदायक निकायमा नागरिकको पहुँच वृद्धि हुने देउराली सोसाइटीका नागरिक शिक्षा अधिकृत खगेन्द्र सापकोटाले बताउनुभयो । 

गाउँमा गठन भएका अभियान चौतारीले घरेलु हिंसा, महिला हिंसा, स्थानीय विद्यालय, संघसंस्थाको काम, योजना छनौट र सन्चालन, स्थास्थ्य चौकी, गाविस लगायतमा समान सहभागिताकोलागि छलफल गर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु