२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

छातेढुंगामा दलित शशक्तिकरण समाज गठन

२०७३, २ मंसिर बिहीबार ०७:१९

प्रकाश धौलाकोटी, मंसिर २, छातेढुंगा । तेह्रथुमको छातेढुंगा गाउँ विकास समितिमा भएको दलितहरुको आम भेलाले प्रेमबहादुर शिवाको अध्यक्षतामा १३ सदस्यीय छातेढुंगा गाउँस्तरीय दलित शशक्तिकरण समाज गठन गरेको छ ।

समाजको उपाध्यक्षमा देवीमाया रसाइली, सचिवमा नरेन्द्र शिवा, सहसचिवमा बुद्धिमान घतानी र कोषाध्यक्षमा आशा रम्तेल रहेका छन् । सदस्यहरुमा बलबहादुर घतानी, प्रेम घतानी, जगदिश तोलाङ्गी, शान्ता बराइली, नारायण पाँचकोटी र रुपा पाँचकोटी चयन भएको सामाजिक परिचालक रुपा कन्दङवाले जानकारी दिइन् । 

गाविसस्तरमा दलितहरुको सर्वदलीय नेटवर्क नहुँदा दलित अधिकारको सवाल पछि परेको भन्दै दलितहरुको भेलाले सर्वदलीय, सर्वपक्षीय समिति गठन गरेको हो । समिति नहुँदा गाविस तथा विभिन्न निकायबाट बिनियोजित लक्षित वर्ग अन्तर्गत दलितहरुको रकमले काम गर्न समस्या थियो । गाउँमा देउराली सोसाइटीले स्थानीय अधिकार कार्यक्रम सन्चालन गर्न थालेपछि दलितहरुले सर्वदलीय सर्वपक्षीय समिति बनाएका हुन् । 

अब यही समितिमार्फत गाविसमा दलित अधिकारका सवालहरु उठाइने र छलफल गरिने सामाजिक परिचालक कन्दङवाले बताइन् । समाज गठनसँगै अब गाउँस्तरीय कार्यक्रमहरुमा दलितहरुको सहभागिता समेत बढेर जाने आशा गरेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते