१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा दश वटा स्थानीय तहका लागि प्रस्ताव

२ मंसिर २०७३, बिहीबार ०७:२६

मंसिर २, बागलुङ । बागलुङ जिल्लामा १० वटा स्थानीय बनाउन प्रस्ताव गरिएको छ । स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समितिका अनुसार चार नगरपालिका र छ वटा गाउँपालिका बनाउने प्रस्ताव स्थानीय तह पुनःसंरचना आयोगमा पठाइएको छ । 

राजनीतिक दलहरुबीच पूर्ण सहमति नजुटे पनि अधिकतम सहमतिका आधारमा १० वटा निकाय प्रस्ताव गरिएको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो । 

नेपाली काँग्रेसबाहेकका सबै दलले प्रस्तावमा साझा सहमति कायम गरेको समितिले जनाएको छ । प्रस्तावमा बागलुङ, गलकोट, जैमिनी र ढोरपाटन नगरपालिका रहने उल्लेख छ । छ गाउँपालिकामा बरेङ, काठेखोला, निसीखोला, बडीगाढ, स्वायत्त क्षेत्रका रुपमा ताराखोला र विशेष क्षेत्रका रुपमा तमानखोला गाउँपालिका प्रस्ताव गरिएको समितिका सदस्य सचिव खिम विकले जानकारी दिनुभयो । 

बागलुङ नगरपालिकामा हालका वडाका अतिरिक्त मालिका, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, नारायणस्थान, पैंयूपाटा, ६ नं वडा बाहेकको सिगाना र पालाकोट गाविसको वडा नं ६, ७, ८ र ९ लाई समावेश गरिएको छ । कुश्मीसेरा केन्द्र रहने गरी प्रस्ताव गरिएको जैमिनी नगरपालिकामा कुश्मीसेरा, दमेक, सर्कुवा, विनामारे, अर्जेवा, जैदी, छिस्ती र पैंयूथन्थापका वडा नं ३, ४, ५, ६, ७ र ८ लाई समावेश गरिएको छ । 

मजुवा केन्द्र रहने गरी प्रस्ताव गरिएको गलकोट नगरपालिकामा आठ गाविसमा समावेश छन् । जसमा मल्म, काँडेबास, हटिया, नरेठाँटी, दुदिलाभाटी, हरिचौर, पाण्डवखानीको ३ र ४ वडा र रिघा गाविसको वडा नं ३ र ६ समावेश गरिएको छ । यस्तै, बुर्तिबाङ केन्द्र रहन गरी बुर्तिबाङ, अधिकारीचौर, राजकुत, बोबाङ र खुङ्गा गाविस समेटिएको ढोरपाटन नगरपालिका प्रस्ताव गरिएको छ । 

बरेङ केन्द्र रहने गरी सातवटा गासी समेटेर बरेङ गाउँपालिका प्रस्ताव गरिएको छ । जसमा पैंयूथन्थाप गाविसको वडा नं १, २ र ९ सहित राङ्खानी, धुल्लुबाँस्कोट, हुग्दीशिर, बाटाकाचौर, सल्यान र सुखौरा गाविस समाहित छन् । अक्षेते सुल्डाँडा केन्द्र रहने गरी आठवटा गाविस समेटेर काठेखोला गाउँपालिका प्रस्ताव गरिएको छ । पाला गाविसका १, २, ३, ४ र ५ वडासँगै भीमापोखरा, तङ्ग्राम, धम्जा, बिहुँकोट, लेखानी, रेश र सिगाना गाविसको ६ वडा उक्त गाउँपालिका समावेश गरिएको छ । 

झिँवाखोला केन्द्र रहने गरी प्रस्तावित निसीखोला गाउँपालिकामा निसी, देवीस्थान र बोहरागाउँ गाविस समावेश छ । ग्वालीचौर खर्बाङ केन्द्र रहने गरी नौ गाविस समेटेर बढीगाड गाउँपालिका प्रस्ताव गरिएको छ । जसमा दर्लिङ, भीमगिठे, ग्वालीचौर, जलजला, रणसिंहकिटेनी, दुगातुम्डाँडा, सिसाखानी, पाण्डवखानीको १, २, ५, ६, ७, ९ र रिघा गाविसका वडा नं १, २, ४, ५, ७, ८ र ९ समावेश गरिएको छ । 

यस्तै, भातखाने डाँडा केन्द्र रहने गरी स्वायत्त क्षेत्रका रुपमा ताखोला गाउँपालिका प्रस्ताव गरिएको समितिले जनाएको छ । जसमा ताराखोला, हिल, अर्गल र अमरभूमि गाविस समावेश छ । साथै, दोभान केन्द्र रहने गरी विशेष क्षेत्रका रुपमा तमान, खुङ्खानी र बोङ्गादोभान समावेश गरेर तमानखोला गाउँपालिका प्रस्ताव गरिएको छ । प्रस्तावप्रति नेपाली काँग्रेस बागलुङले फरक मत राखेको छ । 

काँग्रेसले क्षेत्र नं ३ मा ५ वटा स्थानीय तह बनाउनुपर्ने, पाला र सिगाना गाविसका वडा विभाजन गर्न नहुनेलगायतका फरक मत राखेको छ । समितिले फरकमतसहितकै प्रस्ताव आयोगमा पठाएको छ । आयोगले निर्धारण गरेको समयसीमामा स्थानीय तहको टुङ्गो लगाउन नसकेका दलहरुले १० दिन ढिलो गरी सहमति जुटाएका हुन् । 

गाविस टुक्र्याइएपछि आन्दोलन 

स्थानीय तह पुनःसंरचनामा आफ्नो गाउँलाई विभाजन गरिएपछि पाण्डवखानी गाविस आन्दोलित छ । सिङ्गो गाविसलाई प्रस्तावित गलकोट नगरपालिकामा समेट्न माग गर्दै ‘अखण्ड पाण्डवखानी’ सङ्र्घष समिति गठन गरेर गाविसवासी निर्णय सच्चाउन सदरमुकाम आएका छन् । 

समितिका संयोजक राधिका पुनले गाविस टुक्र्याउने निर्णय आफूहरुलाई मान्य नहुने बताउनुभयो । जिल्ला तहमा बसेर राजनीतिक दलहरुले पाण्डवखानी गाविसलाई प्रस्तावित गलकोट नगरपालिका र बढीघाट गाउँपालिकामा विभाजन गरेका थिए । जसमा पाण्डवखानीका वडा नं। ३ र ४ गलकोटमा र बाँकी सबै वडा बढीघाट गाउँपालिका समाहित हुने उल्लेख छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा