2026-10-18 03:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

कैँजलेका महिला आफैँले बाल कक्षा चलाउने

प्रकाश धौलाकोटी । मंसिर ३, तेह्रथुम । तेह्रथुमको ईवा–३ स्थित कैँजलेका महिलाहरु आफैँले गाउँमा बाल कक्षा सन्चालन गर्ने भएका छन् । गाउँबाट विद्यालय टाढा हुँदा विद्यालय गएर आउन नसक्ने कम उमेर भएका तथा पढाईमा कमजोर बालबालिकालाई लक्षित गरेर महिलाहरुले बाल कक्षा सन्चालन गर्ने भएका हुन् । 

यो वडामा एउटापनि विद्यालय छैन । यहाँ सरकारी स्तरको बाल कक्षा समेत नहुँदा विद्यालय जाने उमेरका बालबालिका विद्यालय जानबाट बञ्चित थिए । देउराली सोसाइटी नामक जिल्लाको गैरसरकारी संस्थाको सहजीकरणमा सन्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत गठित कैँजले अभियान चौतारीमा आवद्ध आमाहरुले बाल कक्षा चलाउने निर्णय गरेका हुन् । 

अभियान चौतारीमा विद्यालय टाढा हुँदा नानीहरुको पढाई प्रभावित भएको समस्यामाथि छलफल भएपछि बाल कक्षा सन्चालन गर्ने निर्णय भएको अध्यक्ष रिता तामाङले बताउनुभयो । अब मंसिर ६ गतेबाट प्रत्येक दिन विहान ६ बजेबाट ९ बजेसम्म सन्चालन हुने बाल कक्षामा गाउँका ३ वर्षदेखि ७ वर्ष सम्मका बालबालिकाहरु सहभागी हुनेछन् । बाल कक्षामा सो उमेर समूहका गाउँमा रहेका १७ जना बालबालिका सहभागी हुने र उनीहरुलाई सिकाउन र हेर्नकालागि एक जना हेरालु राखिने सामाजिक परिचालक शनिशा भेटुवालले बताउनुभयो ।

सो कक्षा सन्चालनकालागि अभिभावक आफैँले श्रमदान गरेर भवन बनाउने र हेरालुलाई प्रत्येक घरमा एक एक सय रुपैयाँ संकलन गरेर तलब उपलब्ध गराइने अध्यक्ष तामाङले बताउनुभयो । विशेषगरि मगर र तामाङ समुदायको बसोबास रहेको सिंगो एउटा वडामा अहिले २९ घर परिवार मात्रै बस्छन् । गाउँमा सेवा सुविधा नभएको भन्दै वर्षेनि बसाई सर्ने क्रमले गाउँ रित्तिदै गएको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु