१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अडियोमा प्रशासनको नागरिक वडापत्र

८ मंसिर २०७३, बुधबार ०२:२७

प्रकाश धौलाकोटी/मङ्सिर ८, तेह्रथुम । जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन अडियो प्रविधिमा नागरिक वडापत्र राखेको छ । कार्यालयले प्रवाह गर्ने सेवालाई लाभग्राहीमैत्री र सरल बनाउन अडियो प्रविधिमा नागरिक वडा पत्र राखेको हो । 

नागरिकलाई छिटो, छरितो र सहज ढंगले सेवा प्राप्त गर्न सुविधा मिलोस् भन्ने ध्येयले अडियो नागरिक वडापत्र राखिएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानले बताउनुभयो । कार्यालयबाट प्रवाह हुने सेवा सुविधा, लाग्ने समय, दस्तुर र सम्पर्क व्यक्तिसमेत उल्लेखित अडियो दिनैभरि बजाइने गरिएको छ । 

कार्यालयको अघिल्तिर रहेको प्रतिक्षालय नजिकै राखिएको साउन्ड बक्समार्फत कार्यालय समयभित्र दिनैभरि कार्यालयबाट सम्पादन हुने सेवाबारे जानकारी गराइने गरिएको प्रजिअ न्यौपानेले जानकारी दिनुभयो । सो अडियोमार्फत कार्यालयको सेवाहरु नागरिकता, राहदानी, संघ संस्था र पत्रपत्रिकाको दर्ता तथा नवीकरण, उजुरी, गुनासाहरु लगायत विषयमा जानकारी गराइएको छ । 

यो बाहेक कार्यालय प्रवेशद्धारमै राखिएको नागरिक वडा पत्रमा पनि कार्यालयबाट प्रदान गरिने सेवाहरुका बिषयमा जानकारी गराईएको छ । 

तर अधिकांश लाभग्राहीले साइन बोर्डमा लेखिएको नागरिक बडापत्र नपढिकनै सेवा लिन आउने गरेकाले अडियो मार्फत नागरिक वडापत्र सुनाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । अडियो नागरिक बडा पत्रबाट खास गरी निरक्षरहरु लाभान्वित हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो