2026-10-18 03:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अडियोमा प्रशासनको नागरिक वडापत्र

प्रकाश धौलाकोटी/मङ्सिर ८, तेह्रथुम । जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन अडियो प्रविधिमा नागरिक वडापत्र राखेको छ । कार्यालयले प्रवाह गर्ने सेवालाई लाभग्राहीमैत्री र सरल बनाउन अडियो प्रविधिमा नागरिक वडा पत्र राखेको हो । 

नागरिकलाई छिटो, छरितो र सहज ढंगले सेवा प्राप्त गर्न सुविधा मिलोस् भन्ने ध्येयले अडियो नागरिक वडापत्र राखिएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानले बताउनुभयो । कार्यालयबाट प्रवाह हुने सेवा सुविधा, लाग्ने समय, दस्तुर र सम्पर्क व्यक्तिसमेत उल्लेखित अडियो दिनैभरि बजाइने गरिएको छ । 

कार्यालयको अघिल्तिर रहेको प्रतिक्षालय नजिकै राखिएको साउन्ड बक्समार्फत कार्यालय समयभित्र दिनैभरि कार्यालयबाट सम्पादन हुने सेवाबारे जानकारी गराइने गरिएको प्रजिअ न्यौपानेले जानकारी दिनुभयो । सो अडियोमार्फत कार्यालयको सेवाहरु नागरिकता, राहदानी, संघ संस्था र पत्रपत्रिकाको दर्ता तथा नवीकरण, उजुरी, गुनासाहरु लगायत विषयमा जानकारी गराइएको छ । 

यो बाहेक कार्यालय प्रवेशद्धारमै राखिएको नागरिक वडा पत्रमा पनि कार्यालयबाट प्रदान गरिने सेवाहरुका बिषयमा जानकारी गराईएको छ । 

तर अधिकांश लाभग्राहीले साइन बोर्डमा लेखिएको नागरिक बडापत्र नपढिकनै सेवा लिन आउने गरेकाले अडियो मार्फत नागरिक वडापत्र सुनाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । अडियो नागरिक बडा पत्रबाट खास गरी निरक्षरहरु लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु