१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पर्यटकीय ‘रिमिघा लेक’ ओझेलमा

१० मंसिर २०७३, शुक्रबार ०४:२९

मंसिर १०, पाल्पा । पाल्पा जिल्लाको पर्यटकीय क्षेत्रका रुपमा रहेको रिमिघा लेक पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ ।

फोक्सिङकोट र पिपलडाँडा गाउँ विकास समितिको शीरमा रहेको यो रिमिघा लेक समुद्र सतहदेखि एकहजार सातसय ९४ मिटर उचाइमा रहेको छ । रिमिघा लेक जैविक विविधताको हिसाबले धनी मानिन्छ ।

रिमिघा लेकमा जोगी गुफा, देश हेर्ने ढुङ्गा, टुँडिखेल, विशाल चउर, इनार, भुरे राजाले बनाएका घरका भग्नावशेष, तीनकन्या मन्दिर, कालिकादेवी मन्दिर लगायतका ऐतिहासिक तथा धार्मिकस्थलसमेत रहेका छन् । यस क्षेत्रमा भ्यू टावर निर्माण, खानेपानी व्यवस्थापन, क्रिडास्थल निर्माण, मोबाइल नेटवर्क विस्तार, जोगी गुफा जाने बाटो निर्माण, रिमिघासम्म पुग्ने मोटरबाटो निर्माण र विकास हुन नसकेको स्थानीयवासी एवत सारुले बताउनुभयो ।

यहाँबाट एकै नजरमा हिमाल, पहाड र तराई क्षेत्रको अवलोकन गर्न सकिन्छ । उत्तरतर्फ रहेको माछापुच्छ«्रे, धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पहाडी अग्लाअग्ला डाँडाका साथै तराईको समथर मैदान देखिने यस पर्यटकीय रिमिघा लेकको विकासका लागि आर्थिक अभावले पर्यटन विस्तार हुन नसकेको हो ।

फोक्सिङकोट गाविस तथा पिपलडाँडा गाविस कार्यालयबाट रिमिघा लेक पर्यटन प्रवद्र्धन गर्न समय–समयमा बजेट छुट्याए पनि पर्याप्त बजेट नहुँदा यहाँको पर्यटन क्षेत्रले विकासको गति लिन नसकेको हो ।

साहसिक खेल प्याराग्लाइडिङका लागि रिमिघा लेक राम्रो गन्तव्य बन्न सक्ने सम्भावनाका रुपमा पनि रहेको छ । यस्ता सांस्कृतिक, धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रको संरक्षण हुन नसक्दा यिनको अस्तित्व र महत्व गुम्दै गएको छ ।

रिमिघा लेकमा प्रत्येक नयाँ वर्षका अवसरमा हुँगी, ताहुँ, हुमिन, गेझा, हेक्लाङ, वीरकोट, जल्पा, फोक्सिङकोट, पिपलडाँडालगायत विभिन्न क्षेत्रबाट पिकनिकका साथै घुमफिर गर्न आउनेको घुइँचो लाग्ने गरेको स्थानीयवासी नारायण मश्राङ्गीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का