२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पर्यटकीय ‘रिमिघा लेक’ ओझेलमा

२०७३, १० मंसिर शुक्रबार ०४:२९

मंसिर १०, पाल्पा । पाल्पा जिल्लाको पर्यटकीय क्षेत्रका रुपमा रहेको रिमिघा लेक पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ ।

फोक्सिङकोट र पिपलडाँडा गाउँ विकास समितिको शीरमा रहेको यो रिमिघा लेक समुद्र सतहदेखि एकहजार सातसय ९४ मिटर उचाइमा रहेको छ । रिमिघा लेक जैविक विविधताको हिसाबले धनी मानिन्छ ।

रिमिघा लेकमा जोगी गुफा, देश हेर्ने ढुङ्गा, टुँडिखेल, विशाल चउर, इनार, भुरे राजाले बनाएका घरका भग्नावशेष, तीनकन्या मन्दिर, कालिकादेवी मन्दिर लगायतका ऐतिहासिक तथा धार्मिकस्थलसमेत रहेका छन् । यस क्षेत्रमा भ्यू टावर निर्माण, खानेपानी व्यवस्थापन, क्रिडास्थल निर्माण, मोबाइल नेटवर्क विस्तार, जोगी गुफा जाने बाटो निर्माण, रिमिघासम्म पुग्ने मोटरबाटो निर्माण र विकास हुन नसकेको स्थानीयवासी एवत सारुले बताउनुभयो ।

यहाँबाट एकै नजरमा हिमाल, पहाड र तराई क्षेत्रको अवलोकन गर्न सकिन्छ । उत्तरतर्फ रहेको माछापुच्छ«्रे, धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पहाडी अग्लाअग्ला डाँडाका साथै तराईको समथर मैदान देखिने यस पर्यटकीय रिमिघा लेकको विकासका लागि आर्थिक अभावले पर्यटन विस्तार हुन नसकेको हो ।

फोक्सिङकोट गाविस तथा पिपलडाँडा गाविस कार्यालयबाट रिमिघा लेक पर्यटन प्रवद्र्धन गर्न समय–समयमा बजेट छुट्याए पनि पर्याप्त बजेट नहुँदा यहाँको पर्यटन क्षेत्रले विकासको गति लिन नसकेको हो ।

साहसिक खेल प्याराग्लाइडिङका लागि रिमिघा लेक राम्रो गन्तव्य बन्न सक्ने सम्भावनाका रुपमा पनि रहेको छ । यस्ता सांस्कृतिक, धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रको संरक्षण हुन नसक्दा यिनको अस्तित्व र महत्व गुम्दै गएको छ ।

रिमिघा लेकमा प्रत्येक नयाँ वर्षका अवसरमा हुँगी, ताहुँ, हुमिन, गेझा, हेक्लाङ, वीरकोट, जल्पा, फोक्सिङकोट, पिपलडाँडालगायत विभिन्न क्षेत्रबाट पिकनिकका साथै घुमफिर गर्न आउनेको घुइँचो लाग्ने गरेको स्थानीयवासी नारायण मश्राङ्गीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार