१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रकोप व्यवस्थापनका रेडक्रसको सहयोग

१२ मंसिर २०७३, आईतवार ०२:३२

मङ्सिर १२, इलाम । नेपाल रेडक्रस सोसाइटी इलाम शाखाले जीतपुर र सिद्धिथुम्का गाविसमा दुई वर्षदेखि सञ्चालन गरिरहेको सामुदायिक उत्थानशील परियोजनाअन्तर्गत प्रकोप व्यवस्थापनका लागि रु ५५ लाख दिने भएको छ । 

परियोजना अधिकृत इन्द्र चापागाईंले आगामी वर्ष सन् २०१७ मा स्वास्थ्य सरसफाइ, विपद् व्यवस्थापन, जीविकोपार्जनलगायतका क्षेत्रमा उक्त बजेट विनियोजन गरेको जानकारी दिनुभयो । 

फिनिस रेडक्रसको सहयोगमा सञ्चालित उक्त परियोजनामा सन् २०१५ मा रु ३४ लाख र सन् २०१६ मा रु ४५ लाख दुवै गाविसमा खर्च भएको थियो । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलामका सभापति देवीप्रसाद गौतमले विगत दुई वर्षमा दुवै गाविसका नौवटै वडामा विपद् व्यवस्थापन समितिमार्फत कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो । 

उहाँले जीतपुर सिद्धिथुम्कामा एक एक खानेपानी योजना निर्माण, विद्यालय शौचालय निर्माण, विपद् जोखिम न्यूनीकरणका गतिविधिहरू पूर्ण सरसफाइ प्रवद्र्धनसँग सम्बन्धित कार्यक्रम सञ्चालन भएको बताउनुभयो । 

सोसाइटी केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत रुद्र अधिकारीले सन् २०१७ मा चेतना अभिवृद्धि कार्यक्रमका साथै निर्माणका कार्यक्रमलाई निरन्तरता दिँदै निर्माणलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो । 

उक्त कार्यक्रममार्फत गाविसमा विपद् उद्धार सामग्री उपलब्ध गराइने र त्यसको परिचालनका लागि जनशक्ति तयार गरिने रेडक्रस इलाम शाखाले जनाएको छ । 

गाविसस्तरीय विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् गाविसका सचिव युवराज घोर्साइले विपद् व्यवस्थापनका लागि गाविसस्तरीय योजना तयार गरी कार्यान्वयन गर्ने र गाविसमा कार्यरत विभिन्न गैरसरकारी कार्यालयका गतिविधिलाई समन्वयात्मक रूपमा सञ्चालनमा सहयोग पु¥याउने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु