१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सानो परी प्रतिष्ठा, सानो बाबु दिप्जल

१० फाल्गुन २०७२, सोमबार ०६:५७

फागुन १०, पोखरा । सानो परी एण्ड सानो
बाबु पोखरा–२०१५ को उपाधि लिटिल स्टेप उच्च माविमा अध्ययनरत १० वर्षीया प्रतिष्ठा सुवेदी र ग्लोबल
कलिजियट उच्च माविका ८ वर्षीय दिप्जल बस्नेतले हात पारेका छन् । उनीहरूले ट्रफी, क्राउन, मेडल र १० हजार
रुपैयाँ नगद प्राप्त गरे ।

सो प्रतियोगिताका लागि २६ विद्यालयका
४८ विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो । जीत हाम्रो फाउण्डेशनको आयोजना र एसटी क्रिएशनको सहकार्यमा
बालबालिकाको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले एघारौं संस्करणको ट्यालेण्ट शो आयोजना
गरिएको कार्यक्रम संयोजक सञ्चारकर्मी सुरज थापामगरले जानकारी दिनुभयो ।

त्यस्तै, प्रतियोगितामा
सानो परीको फस्ट रनर अप फिस्टेल एकेडेमीका १२ वर्षीया सायना श्रेष्ठ, सेकेण्ड रनर अप कञ्चनजंगा बोर्डिङ
स्कुलकी प्रकृति थापामगर, थर्ड रनर अप बेसलाइन एकेडेमीका दीपा रानामगर, फोर्थ रनर अप फिस्टेल एकेडेमीका
अंकिता गुरुङ, फिप्थ रनर अप सोसल पब्लिक स्कुलका सीमा गुरुङ भइन् । सानो बाबुतर्फ फस्ट रनर अप इसिइसी
मन्टेश्वरीका आकृश गुरुङ, एलपी देवकोटा स्कुलका नारायण नेपाली सेकेण्ड रनर अप, स्टेप बाइ स्टेपका समीप
घिमिरे थर्ड रनर अप, भ्यू प्वाइन्ट स्कुलका रोशन भुजेल फोर्थ रनर अप र कास्की मोर्डनाइज्डका ठिमोन गुरुङ
फिप्थ रनर अप भए । उनीहरूले पनि ट्रफी र मेडल प्राप्त गरेका थिए ।

सानो परी एण्ड सानो बाबुको
निर्णायकमा वरिष्ठ सञ्चारकर्मी अभिमन्यू विक्रम राणा, गायिका कौशल्या गुरुङ, संगीतकार सर्वज्ञमान शाक्य,
प्रा. ध्रुवराज खनाल, फेशन डिजाइनर ओसिम खान, निर्णायक संयोजक मोडल अनिता थापामगर रहेका थिए । हरेक
वर्षजस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको आयोजक संस्थाका प्रबन्ध निर्देशक राजेश जोशीले
बताउनुभयो । सन् २००५ देखि सुरु गरिएको ट्यालेण्ट शोले साना बाबु नानीको प्रतिभालाई उजागर गर्न टेवा
पुग्ने दाबी उहाँले गर्नुभयो । ट्यालेण्ट शोको सञ्चालन सञ्चारकर्मी इनिशा दुरामगरले गर्नुभएको थियो

– रूद्र श्रीसमगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का