२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सहभागितामुलक योजना तर्जुमालाई कार्यान्वयन गर्छौं

२०७३, १४ मंसिर मंगलवार ०३:२७

मङ्सिर १४, तेह्रथुम । तेह्रथुम जिल्लाका सामाजिक परिचालकहरुले आर्थिक वर्ष २०७४/०७५ को बस्ती स्तरको  सहभागिता मुलक योजना तर्जूमा प्रक्रियालार्ई ब्यावहारिक प्रयोग गर्न अभ्यास गर्ने भएका छन । 

सोमबार सदरमुकाममा आयोजित सामाजिक परिचालकहरुको जिल्ला भेलामा सहभागी सामाजिक परिचालकहरुले यस्तो बताएका हुन । बस्तीस्तरको आवश्यकताहरुलाई सहभागितामुलक प्रकृयाद्धारा योजनाहरु वस्तिस्तर बाट छनौट प्रकृयाका चरणहरुलाई प्रभावकारी बनाउनमा स्थानिय निकायलाई सहयोग गर्ने भेलामा सहभागी सामाजिक परिचालकहरुले बताएका छन । 

भेलाको छलफलबाट समिक्षा सहित सहभागिता मुलक योजना तर्जुमा प्रकृयामा वस्ती स्तरमा प्रभावकारी नभएकाले योजनाको प्रभावकारीताहरु हुन नसकेकाले वस्ती स्तरको योजना तर्जुमालाई प्रभावकारी बनाई व्यवहारिक अभ्यास गरी कार्यान्वयनमा जोड दिने भेलमा सहभागीहरुको तर्फ बाट सामाजिक परिचालक अंकिता वराईलीले बताइन् । 

भेलामा सामाजिक परिचालकहरुको भुमिका महत्व र आगामी कार्य, सामाजिक परिचालनको आवश्यकता वार्षिक सिकाई आदान प्रदान सहभागिता मुलक योजना तर्जुमा प्रकृया, स्थानिय श्रोत परिचालन कार्यविधि तथा ब्यावस्थापन २०६९ लगायतको विषयमा छलफल भएको थियो । 

भेलालाई जिल्ला विकास समिति, स्थानिय विकास कोषका कार्यकारी सचिव कृष्ण घिमिरेले सहजीकरण गरेका थिए । भेलामा दलित सचेतना समाज नेपालका स्थानीय अधिकार कार्यक्रम, सामाजिक परिचालन तथा क्षमता विकास कार्यक्रम, झुलुंगे पुल निर्माण, स्थानिय सासन तथा सामाजिक विकास कार्यक्रमका सामाजिक परिचालकहरु सहभागी थिए । 

कार्यक्रमको समापनमा दलित सचेतना समाज नेपालका अध्यक्ष अनुभुति बम नेपालीले योजना तर्जुमा  छनौट प्रकृयालाई प्रभावकारी कार्यान्वयन गर्नमा भुमिका निर्वाह गर्न सामाजिक परिचालकहरुलाई निर्देशन दिए ।  भेला एक्सन एड नेपालको सहयोगमा दलित सचेतना समाज नेपाल तेह्रथुमले आयोजना गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन