2026-10-18 02:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

लिम्बुवान आइडल–२ कालागि १७ छानिए

प्रकाश धौलाकोटी/मंसिर १४, तेह्रथुम । लुकेर रहेको गायन प्रतिभालाई खोजी गर्नकालागि आयोजित लिम्बुवान आईडल सिजन २ को पहिलो अडिसनमा तेह्रथुमबाट १७ जना छनौट  भएका छन् ।  

बिशुद्ध संगितलाई पुर्नस्थापना गर्दै अवसर नपाएका कला र गलाको खोजी गर्ने अभिप्रायले बसन्तपुर बजारमा सोमबार भएको लिम्बुवान आईडलको पहिलो अडिसन बाट दोस्रो संस्करणका लागि १७ जना छनौट भएका हुन । 

पुर्वाञ्चलको ९ वटै जिल्लामा प्रथम अडिसन लिईने कार्यक्रम अनुसार बसन्तुरको लालीगुराँस डान्स सेण्टरको हलमा तेह्रथुम र धनकुटा जिल्लाकालागि अडिसन लिईएको आयोजक युमा आट्स सेण्टरका अध्यक्ष गायक खगेन्द्र यक्सोले जानकारी दिए । दोस्रो राउण्डकालागि छनौट हुने सहभागीहरुमा धनकुटाका १ र संखुवासभाका २ सहित जम्मा १७ जना रहेका छन् । 

जसमा कासाङ भोटे, अभिनेस श्रेष्ठ, आसुतोक श्रेष्ठ, हिमाल लिम्बु, अबि राई, सुगम राई , उमेश लिम्बु, सुवास मगर, रेणुका बराल, बादल गुरुङ, रमिला लिम्बु, बिकास गुरुङ, रेसम जिमी, सबिता तामाङ, सुस्मा गुुरुङ र पासाङ ल्हमु सेर्पा रहेको कार्यक्रम संयोजक रबिकिरण मादेनले जानकारी दिए । 

उनका अनुसार छनौट  भएका सहभागीहरुलाई दोस्रो राउण्डकालागि मंसिर १५ गते बसन्तपुरमै बोलाईएको छ । पुर्वेली गित संगित पारखी तथा सुभचिन्तकहरुको आर्थिक सहयोगमा आयोजना गरिएको यस आईडल सिजन २ को प्रथम हुनेले नगद पुरस्कारको साथमा म्युजिक एल्वम र म्युजिक भिडियोमा खेल्ने अबशर प्राप्त गर्नेछ । त्यस्तै दोस्रोले नगद पुरस्कारको साथमा ३ वटा गित र तेस्रोले १ वटा गित रेकर्ड गर्ने अवशर प्राप्त हुने आयोजकले जनाएको छ । 

साथै उत्कृष्ट १० मा पर्न सफल सबै प्रतियोगीले एक एक वटा गित रेकर्ड गर्न पाउने आयोजक युमा आट्स सेण्टरका अध्यक्ष गायक खगेन्द्र यक्सोले बताए  । यस अघि २०६८ सालमा आयोजित लिम्बुवान आईडल सिजन १ मा ताप्लेजुङका कन्चन थलङ बिजेता बनेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु