२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

चलिए पोखरा अभियान सुरु

१३ चैत्र २०७२, शनिबार १३:१५

चैत १३, पोखरा । पर्यटकीय पोखरा र सिंगो नेपाललाई भारतीय बजारमा प्रबद्र्धन
गर्ने उद्धेश्यका साथ शनिबारबाट चलिए पोखरा अभियान सुरु भएको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा छ दिने यो अभियान अगाडि
बढाएका हुन् । चार वर्ष अघि संघकै पहलमा सुरु भएको अभियानको प्रभाव राम्रो देखिएपछि अभियानलाई यो पटक
पनि निरन्तरता दिइएको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

बोर्डर टाउन सेल्स मिसन नाम दिइएको अभियानले उत्तर भारतका लखनउ, कानपुर, गोरखपुर र बाराणासी
जस्ता शहरलाई समेट्ने अभियानका संयोजक एवं संघका निवर्तमान अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी
दिए ।

विगत केही वर्षदेखि बोर्डर टाउन सेल्स मिसन अन्तर्गत
संचालित चलिए पोखरा अभियानले भूकम्प र नाकाबन्दीबाट थलिएको नेपाली पर्यटनलाई उकास्ने अपेक्षा गरिएको छ ।
अभियान अन्तर्गत होटलकर्मी, पर्यटनकर्मी र संचारकर्मी गरी २६ जनाको सहभागिता रहेको संघका महासचिव
भेकेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ