राकेश कौशल | मङ्सिर २३, धनगढी | कानून जानौं, कानून पालना गरौं र कानून निर्माणमा सहभागी बनौं भन्दै सुदूरपश्चिमको कैलालीबाट प्यारालिगलहरुले एक अभियानको थालनी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राकेश कौशल | मङ्सिर २३, धनगढी | कानून जानौं, कानून पालना गरौं र कानून निर्माणमा सहभागी बनौं भन्दै सुदूरपश्चिमको कैलालीबाट प्यारालिगलहरुले एक अभियानको थालनी "/>

2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

‘कानून जानौं, कानून पालना गरौं र कानून निर्माणमा सहभागी बनौं’ अभियान शुरु


राकेश कौशल | मङ्सिर २३, धनगढी | कानून जानौं, कानून पालना गरौं र कानून निर्माणमा सहभागी बनौं भन्दै सुदूरपश्चिमको कैलालीबाट प्यारालिगलहरुले एक अभियानको थालनी गरेका छन् ।

अभियानको प्रारम्भ धनगढी उपनगरपालिका वडा नंं. १ का सचिव महेश दाहाल ले गर्नुभएको छ । अभियानको थालनी गर्दै वडा नं. १ सचिव महेश दाहालले सरकारी निकाय, जनता र प्यारालिगलको समन्वयले सरकारी काम कारवाहीलाई अझ बढी प्रभावकारी बनाउन सकिने बताउनुभयो । देशमा संविधान आईसकेको वर्तमान अवस्थामा कानूनको जानकारी राख्नु, प्रयोग गर्नु र निर्माणमा सहभागी हुनु अपरिहार्य भएको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै “जातीय विभेद उन्मूलनका लागि वकिलहरुको राष्ट्रिय अभियान (ल्यानकाउ नेपाल)” कैलालीका प्यारालिगल अमृत वि.सीले यो अभियानले कानूनको जानकारी र प्रयोगद्वारा जनतालाई शसक्त त बनाउने नै छ र यसले नीति निर्माणमा मद्दत पुर्याउने बताए । 

कार्यक्रममा बोल्दै अधिकारकर्मी रिता पार्की, लक्ष्मी वि.क र कामना टमट्टाले कानूनको प्रयोगले अधिकार सुनिश्चित हुने बताए ।

“हिंसाले होइन कानूनको प्रभावकारी कार्यान्वयनले सामाजिक क्रान्ती सम्भव हुने” उनीहरुको भनाईथियो । अभियानको उद्घाटन समारोहमा ठुलो संख्यामा दलित महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई