मंसिर २३, इलाम | नेपाल सरकारको सरसफाई गुुरुयोजना २०६८ अनुसार देशलाई सन २०३० सम्ममा पुर्ण सरसफाइयुक्त मुलुक बनाउने लक्ष्य लिएको छ । सोही योजना अन्र्तगत ग्रामिण खानेपानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर २३, इलाम | नेपाल सरकारको सरसफाई गुुरुयोजना २०६८ अनुसार देशलाई सन २०३० सम्ममा पुर्ण सरसफाइयुक्त मुलुक बनाउने लक्ष्य लिएको छ । सोही योजना अन्र्तगत ग्रामिण खानेपानी"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

सुुनगाभा लाग्यो पुुर्ण सरसफाई कार्यन्वयनमा

२०७३, २३ मंसिर बिहीबार १३:१९

मंसिर २३, इलाम | नेपाल सरकारको सरसफाई गुुरुयोजना २०६८ अनुसार देशलाई सन २०३० सम्ममा पुर्ण सरसफाइयुक्त मुलुक बनाउने लक्ष्य लिएको छ । सोही योजना अन्र्तगत ग्रामिण खानेपानी तथा सरसफाइ कोष विकास समिती (फन वर्ड) को आर्थिक सहयोग र सुनगाभा विकास संस्था इलामको प्राविधिक सहयोग र फाकफोक गाविसको आयोजनामा गाविसलाई समेत पुर्ण सरसफाइ गाविस बनाउने तयारी थालिएको छ ।

सोही कार्यक्रम अन्र्तगत मंगलबार त्यस क्षेत्रमा रहेका विभिन्न संघ संस्था, विद्यालय, घुर्विसे पञ्चीम बजारबासी लगायतको सहभागितामा विभिन्न सरसफाइ सम्वन्धीका प्लेकार्ड सहित र्याली निकालिएको छ । खुल्ला दिसामुक्त भए पश्चात गाविसलाई पुर्ण सरसफाइयुक्त गाविस बनाउन त्यस क्षेत्रका बासिन्दा लागी परेका छन । कार्यक्रम अन्र्तगत फाफोकका सवै बडाहरुमा ३ वटा छुट्टा छुट्टै समिती गठन गरिएको छ । युवा समिती, महिला समिती र अनुगमन समिती गठन गरिएको सुनगाभा विकास संस्थाका वास अफिसर दिपेन्द्र खनालले जानकारी दिए । उनका अनसार विद्यालयमा समेत विद्यालय सरसफाइ समिती गठन गरिएको छ ।

यस अभियानलाई सफल बनाउन व्यक्तिगत सरसफाइ, घरायसी सरसफाइ, शौचालयको उचित प्रयोग, हात धुने बानीको विकास, शुद्धिकरण गरेको पानी प्रयोग, स्वास्थ्य खाना,सफा वातावरण र वातावरणीय सरसफाइ गरी ५ जाृेड १ को सुचाङ्क तयार गरिएको छ । सो सुचाङ्क पुरा गरेको वा नगरेको अनुगमन समितीले निरिक्षण गर्ने सरसफाइ उत्प्रेरक अनिता सुवेदीले जानकारी दिइन । बजारको फोहोर व्यवस्थापनका लागी महिलाको नेतृत्वमा १५ सदस्यीय महिला सदस्य रहेको फोहोरमैला व्यवस्थापन समिती गठन गरिएको छ । साथै बजारको फोहोर व्यवस्थापन सम्वन्धी १४ बुदे आचारसंहिता निर्माण गरिएको छ । बजार व्यवस्थापन समिती, नाम्तोक युवा क्लब र उद्योग वाणिज्य संघ पञ्चमीले समेत यसलाई सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको उत्प्रेरक सुवेदीले बताइन ।

पञ्चमी बजार इलामको फाकफोक गाविस र पाँचथरको फाक्तेप गाविसको संगम स्थलमा पर्छ ।  आचारसंहितालाई लागु गराउन दुवै गाविसका सचिवहरुले प्रतिवद्धता जाहेर गरे । 

मंगलबार भएको कार्यक्रममा घुर्विसे पञ्चमी मावि, शान्ति बाल विकास बोर्डिङ स्कुल र शिद्धवाबा आवासीय विद्यालयका १ हजार भन्दा बढी विद्यार्थी साथै शिक्षक, अभिभावक, स्थानियबासी लगायतको उपस्थिती रहेको थियो । ¥यालीपछि पञ्चमी बजार व्यवस्थापन समिती अध्यक्ष कृष्ण सम्वाहाम्फेको अध्यक्षता तथा फाकफोक गाविस सचिव विष्णु कार्की, सुनगाभा विकास संस्थाका बास अफिसर खनाल, घुर्विसे पञ्चमी माविका प्रधानाध्यापक ठाकुरसिँह थेगिम, नेपाल टेलिभिजनका सम्वाददाता सुजन तिम्सिना, फोहोर व्यवस्थापन समिती अध्यक्ष हरिकला बस्नेत लगायतले मन्तव्य राख्दै आफनो ठाँउ आफै सफा गर्नुपर्ने धारण व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा