१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्याब्सन तेह्रथुमको अध्यक्षमा खड्का सर्वसम्मत

२४ मंसिर २०७३, शुक्रबार ०५:३७

प्रकाश धौलाकोटीे | मङ्सिर २४, तेह्रथुम | निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति तेह्रथुमको पाँचौ जिल्ला अधिवेशनबाट प्रेमबहादुर खड्का अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अध्यक्ष खड्का तत्कालिन कार्यसमितिको सचिव थिए । 

गएराति अबेर सम्पन्न अधिवेशनले सर्वसम्मत चुनेको १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा होमबहादुर खड्का, सचिवमा पुर्ण याक्खा, सहसचिवमा दिलबहादुर तामाङ र कोषाध्यक्षमा गणेश बराल छन् । 

समितिको सदस्यहरुमा घनश्याम गौतम, पर्शुराम शंकर, सुर्य लिम्बु (सुजन), केवलराम गुरुङ, खेम लिम्बु, देवी डाँगी, सुरज लिम्बु र राम निरौला चयन भएको निर्वाचन समितिका संयोजक उद्धव तिम्सीनाले जानकारी दिए । यस्तै लेखा समितिमा संयोजक सुभाष ढुंगाना र सदस्यहरुमा खेम श्रेष्ठ र तिलक निरौला र सल्लाहकार समितिमा गजेन्द्र कन्दङवा, हेमराज अधिकारी र लालबहादुर बस्नेत रहेका छन् । 

अधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फे, पुर्वसांसद तेजमान तुम्बाहाम्फे, स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्की, निमित्त जिल्ला शिक्षा अधिकारी लिलानाथ पोखरेल, राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगाना, जिल्ला बालकल्याण समितिका अध्यक्ष किशोरचन्द्र दुलाल, प्याब्सन केन्द्रिय सदस्यहरु युवराज वशिष्ट, नारायण घिमिरे, हेमराज अधिकारी, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष अनुभूतिबम नेपाली, नेपाल पत्रकार महासंघका जिल्ला सभापति उद्धव तिम्सीना, नेपाल शिक्षक संघका जिल्ला सहसचिव राजबहादुर थापा र सरस्वती माविका प्रधानाध्यापक गोविन्द श्रेष्ठले अधिवेशन सफलताको शुभकामना दिएका थिए । उद्घाटन समारोहका प्याब्सनका निवर्तमान अध्यक्ष गजेन्द्र कन्दङवाको अध्यक्षतामा सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु