२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्याब्सन तेह्रथुमको अध्यक्षमा खड्का सर्वसम्मत

२०७३, २४ मंसिर शुक्रबार ०५:३७

प्रकाश धौलाकोटीे | मङ्सिर २४, तेह्रथुम | निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति तेह्रथुमको पाँचौ जिल्ला अधिवेशनबाट प्रेमबहादुर खड्का अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अध्यक्ष खड्का तत्कालिन कार्यसमितिको सचिव थिए । 

गएराति अबेर सम्पन्न अधिवेशनले सर्वसम्मत चुनेको १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा होमबहादुर खड्का, सचिवमा पुर्ण याक्खा, सहसचिवमा दिलबहादुर तामाङ र कोषाध्यक्षमा गणेश बराल छन् । 

समितिको सदस्यहरुमा घनश्याम गौतम, पर्शुराम शंकर, सुर्य लिम्बु (सुजन), केवलराम गुरुङ, खेम लिम्बु, देवी डाँगी, सुरज लिम्बु र राम निरौला चयन भएको निर्वाचन समितिका संयोजक उद्धव तिम्सीनाले जानकारी दिए । यस्तै लेखा समितिमा संयोजक सुभाष ढुंगाना र सदस्यहरुमा खेम श्रेष्ठ र तिलक निरौला र सल्लाहकार समितिमा गजेन्द्र कन्दङवा, हेमराज अधिकारी र लालबहादुर बस्नेत रहेका छन् । 

अधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फे, पुर्वसांसद तेजमान तुम्बाहाम्फे, स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्की, निमित्त जिल्ला शिक्षा अधिकारी लिलानाथ पोखरेल, राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगाना, जिल्ला बालकल्याण समितिका अध्यक्ष किशोरचन्द्र दुलाल, प्याब्सन केन्द्रिय सदस्यहरु युवराज वशिष्ट, नारायण घिमिरे, हेमराज अधिकारी, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष अनुभूतिबम नेपाली, नेपाल पत्रकार महासंघका जिल्ला सभापति उद्धव तिम्सीना, नेपाल शिक्षक संघका जिल्ला सहसचिव राजबहादुर थापा र सरस्वती माविका प्रधानाध्यापक गोविन्द श्रेष्ठले अधिवेशन सफलताको शुभकामना दिएका थिए । उद्घाटन समारोहका प्याब्सनका निवर्तमान अध्यक्ष गजेन्द्र कन्दङवाको अध्यक्षतामा सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा