४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मर्मत अभावमा पोखरा–बागलुङ राजमार्ग जीर्ण

२० चैत्र २०७२, शनिबार ०८:२७

pokhara baglung rodशिब
न्यौपाने/चैत २०, पोखरा ।
धौलागिरि अञ्चलका चार जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने
एकमात्र पोखरा–बागलुङ राजमार्ग बनेको २६ वर्षसम्म मर्मत नहुँदा यातायात व्यावसायीदेखि सर्वसाधारण सास्ती
खेप्न बाध्य बनेका छन् ।

पोखरादेखि बागलुङसम्मको ७२ किमी सडक
समयमै मर्मत नहुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् । जीर्ण सडकका कारण समयमा पुग्न
नसकिने तथा दुर्घटना बढिरहेको भए पनि सम्बन्धित निकायले भने ध्यान दिन सकेको छैन ।

सडकको स्तरोन्नति हुन नसक्दा सो सडक पार गर्न तीनदेखि चार घण्टासम्म लाग्ने
गरेको छ । विसं २०४६ मा सडक निर्माण गर्दा तीन वटा सवारी साधन एकसाथ वारपार गर्न सक्ने गरी सडकको
निर्माण गरिएको भए पनि अहिले सडकको कालोपत्र भत्किएर एउटा सवारी साधनसमेत सहज रुपमा पार गर्न नसक्ने
अवस्था आएको छ ।

समयमै सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा
गराउनुपर्ने बाध्यता रहेको र सडकमा रहेका खाल्डाखुल्डीका कारण सवारी साधनमा समेत क्षति भइरहने गरेको
यातायात व्यावसायी बताउँछन् ।

मर्मतको कार्य गर्ने सडक डिभिजन
कार्यालय पोखराले केही समय पहिला पोखरादेखि कास्कीको काँडेसम्म सडकको कालोपत्र गरेको भए पनि त्योसमेत
जीर्ण बनिसकेको छ । अहिले सडकको आधा भाग कच्ची जस्तै बनेको छ । यसले गर्दा बिरामी तथा आकस्मिक यात्रा
गर्नुपर्ने अवस्थामा समेत असहजता भएको हो ।

कालोपत्र भत्कँदै
गएका कारण बाटो साँगुरो भएकाले साना सवारी साधन चलाउनेलाई समस्या हुने गरेको र दुर्घटना समेत बढेर गएको
सवारी चालक कृष्णप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ