३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

किरात राई बिद्यार्थी संघको अध्यक्षमा बिर्सिका

२८ मंसिर २०७३, मंगलवार ०९:४२

मंसिर २८, इलाम । मंसिर २८, इलाम । किरात राई विद्यार्थी संघको आठौँ राष्ट्रिय सम्मेलन बिर्सिका राईको अध्यक्षतामा सर्वसहम्मत नयाँ कार्य समिति चयन गर्दै मंगलबार सम्पन्न छ । इलाम सदरमुकाममा सम्पन्न सम्लेलनले ३५ सदस्यीय कार्य समिति तथा ५९ सदस्यीय केन्द्रिय कार्य परिषद गठन गरेको हो । सम्मेलनले उपाध्यक्षद्धय जितेन राई र रामचन्द्र राईलाई चयन गरेको छ ।  महासचिवमा सोवित राई, सचिव रविन राई, कोषाध्यक्ष प्रविना राई र सह कोषाध्यक्षमा सन्तोष मुुग्मीम राई चयन भएका छन्  । सदस्यहरुमा अञ्जिल राई, दिवेन राई, प्रभा राई लगायत रहेका छन् । 

गत २६ गते सुरु भएको सम्मेलन २८ गते सम्पन्न भएको हो । सम्मेलनमा १६ जिल्ला सहित कास्की र काठमाण्डौ उपत्यकाका प्रतिनिधि इलाम आएका थिए । १५ जना सचिवालय सदस्य र ११ जना पदाधिकारी रहने जनाइएको छ । 

यसै क्रममा इलामको सातौँ जिल्ला सम्मेलन समेत सम्पन्न भएको छ । सम्मेलनले अन्वेश थुुलङुराईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राम राई, सचिव पवित्रा राई, सहसचिव विना खालिङ राई, कोषाध्यक्ष सोभाना राई चयन भएका छन् । समितिको सदस्यहरुमा शिल्पा राई, निशा राई, इशाा राई, धिरेन राई लगायत रहेको जनाइएको छ । 

 इलाम घोषणा पत्र समेत जारी

इलाममा सम्पन्न सम्मेलनले २४ बुुँदे घोषणा पत्र समेत जारी गरेको छ । घोषणा पत्रमा जातिय पहिचान सहितको स्वायत्त प्रदेश घोेषणा गरिनुु पर्ने, किरात स्वायत्त राज्य घोषणा गरिनुपर्ने, प्रशासन संयन्त्रमा जनसङ्ख्या प्रतिशतमा कर्मचारी नियुुक्रि गरिनुु पर्ने, उच्च मावि तह सम्म निशुुल्क शिक्षाको ब्यवस्था गरिनुु पर्ने उल्लेख छ । त्यस्तै धर्म निरपेक्षलाई संस्थागत गर्नुु पर्ने, शैक्षिक माफिया तथा नीतिगत लगायतका भ्रष्टाचार विरुद्ध अभियान चलाइने, नवीन किरात जागरण अभियानलाई राज्य, थुुम, जिल्ला, इलाका देखी इकाई सम्म सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट