२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

किरात राई बिद्यार्थी संघको अध्यक्षमा बिर्सिका

२०७३, २८ मंसिर मंगलवार ०९:४२

मंसिर २८, इलाम । मंसिर २८, इलाम । किरात राई विद्यार्थी संघको आठौँ राष्ट्रिय सम्मेलन बिर्सिका राईको अध्यक्षतामा सर्वसहम्मत नयाँ कार्य समिति चयन गर्दै मंगलबार सम्पन्न छ । इलाम सदरमुकाममा सम्पन्न सम्लेलनले ३५ सदस्यीय कार्य समिति तथा ५९ सदस्यीय केन्द्रिय कार्य परिषद गठन गरेको हो । सम्मेलनले उपाध्यक्षद्धय जितेन राई र रामचन्द्र राईलाई चयन गरेको छ ।  महासचिवमा सोवित राई, सचिव रविन राई, कोषाध्यक्ष प्रविना राई र सह कोषाध्यक्षमा सन्तोष मुुग्मीम राई चयन भएका छन्  । सदस्यहरुमा अञ्जिल राई, दिवेन राई, प्रभा राई लगायत रहेका छन् । 

गत २६ गते सुरु भएको सम्मेलन २८ गते सम्पन्न भएको हो । सम्मेलनमा १६ जिल्ला सहित कास्की र काठमाण्डौ उपत्यकाका प्रतिनिधि इलाम आएका थिए । १५ जना सचिवालय सदस्य र ११ जना पदाधिकारी रहने जनाइएको छ । 

यसै क्रममा इलामको सातौँ जिल्ला सम्मेलन समेत सम्पन्न भएको छ । सम्मेलनले अन्वेश थुुलङुराईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राम राई, सचिव पवित्रा राई, सहसचिव विना खालिङ राई, कोषाध्यक्ष सोभाना राई चयन भएका छन् । समितिको सदस्यहरुमा शिल्पा राई, निशा राई, इशाा राई, धिरेन राई लगायत रहेको जनाइएको छ । 

 इलाम घोषणा पत्र समेत जारी

इलाममा सम्पन्न सम्मेलनले २४ बुुँदे घोषणा पत्र समेत जारी गरेको छ । घोषणा पत्रमा जातिय पहिचान सहितको स्वायत्त प्रदेश घोेषणा गरिनुु पर्ने, किरात स्वायत्त राज्य घोषणा गरिनुपर्ने, प्रशासन संयन्त्रमा जनसङ्ख्या प्रतिशतमा कर्मचारी नियुुक्रि गरिनुु पर्ने, उच्च मावि तह सम्म निशुुल्क शिक्षाको ब्यवस्था गरिनुु पर्ने उल्लेख छ । त्यस्तै धर्म निरपेक्षलाई संस्थागत गर्नुु पर्ने, शैक्षिक माफिया तथा नीतिगत लगायतका भ्रष्टाचार विरुद्ध अभियान चलाइने, नवीन किरात जागरण अभियानलाई राज्य, थुुम, जिल्ला, इलाका देखी इकाई सम्म सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ