२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रहरी निरिक्षक मोहनमणिको स्वागत

२०७३, ७ बैशाख मंगलवार ००:०५

Pokhara Police

शिव न्यौपाने । बैशाख
७, पोखरा । भर्खरै मात्र सरुवा भई वडा प्रहरी कार्यालय बैदाम आएका प्रहरी निरिक्षक मोहनमणि अधिकारीलाई
सामुदायिक सेवा केन्द्र बैदामले एक समारोहका विच स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै प्रहरी
निरिक्षक अधिकारीले वडा बासिहरुका समस्या र सिफारिसहरु कानुनको परिधिमा रहि पुरा गर्ने बताए । ‘म
तपाईहरुको सकारात्मक कृयाकलापमा साथ दिने छु,तर मलाई तपाईहरुको पनि साथ चाहिन्छ’–उनले भने चौध महिना अघि
मात्रै पोखराबाटै सरुवा भएका अधिकारी फेरी पोखरै आएका हुन् । यसअघि उनी पर्यटन प्रहरी निरिक्षकका रुपमा
यहिं कार्यरत थिए । ‘मैले पोखरा र पोखरेलीलाई चिनेको छु, यहाँ कसरी काम गर्ने भन्ने बारेमा योजना चित्र
पनि बनाएको छु’–उनले भने ।

यसअघि सामुदायिक सेवा
केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर सकारात्मक काम गर्नेहरुलाई पोखरेलीहरुले
स्वागत गरे जस्तै विदाई पनि गर्ने गरेको उल्लेख गरे । उनले आर्थिक प्रलोभनमा चलखेल गरे उच्च अहोदामा
रहेकालाई पनि बहिस्कार गर्ने र राम्रो काम गरे तल्लो तहकालाई पनि साथ दिने बताए । त्यस्तै आयोजक
केन्द्रका अध्यक्ष हिरु पुनले पर्यटकिय क्षेत्र लेकसाइडमा देखिएको विकृती विसंगती हटाउन प्रहरीसंग
हातेमालो गर्ने बताइन् ।

होटल प्रतिनिधी
समाजका अध्यक्ष दिपेन्द्र पहारीले पर्यटन बसपार्कमा पर्यटकहरुमाथी हुने दुव्र्यवहार त्यहाँबाट हटेपनि
लेकसाइडकै हल्लनेचोक, बाराहीघाट लगाएतका क्षेत्रमा अझैपनि पर्यटकहरुमाथि तानातान हुने गरेको औल्याए
यस्तो विकृती हटाउन पर्यटन प्रहरी चनाखो हुनुपर्ने उनको जोड थियो । कार्यक्रममा अग्रज पर्यटन व्यवसायि
गोविन्दराज पहारी, बासुदेव त्रिपाठी, वडा समन्वय समिति संयोजक गिरीराज अधिकारी, कार्यक्रममा उपस्थित आमा
समुहका प्रतिनिधी तथा टोल सुधार समितिका पदाधिकारी लगाएतले लेकसाइड क्षेत्रमा हुने गरेको ध्वनी
प्रदुर्शण रोकिनुपर्ने, ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने लगाएतका सल्लाह सुझाव दिएका थिए । आयोजक
केन्द्रका सह–सचिव चेतनारायण पाण्डेले कार्यक्रम सञ्चालन तथा उपाध्क्ष भिम पराजुलीले स्वागत मन्तव्य
राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित