२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा बत्तीस घर जलेर नष्ट

२०७३, १ पुष शुक्रबार १३:३०

पुस १, पाँचथर । तेह्रथुमको सङ्क्रान्ति बजारमा आज बिहान आगलागी हुँदा ३२ घर जलेका छन् । 

आगो फैलन नदिन तीन वटा घर भत्काइएको प्रहरीले जनाएको छ । बिहान ९:३० बजे अग्नि सेढाईंको घरमा राखिएको ग्यास सिलिन्डर पड्किएर आगलागी सुरु भएको थियो । आगो चार घन्टापछि पाँचथर सदरमुकाम फिदिमबाट गएको दमकलसहितको प्रहरीको टोली र स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट निभाइएको घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रिपेन्द्र सिंहले जानकारी दिनुभयो । 

आगलागीबाट ती घरमा डेरामा बसेका २७ परिवारको पनि बिचल्ली भएको छ । ती घरमा व्यापार व्यवसाय गर्नेको तथ्याङ्क पनि यकिन भएको छैन । क्षतिको विवरण सङ्कलन गर्न थालिएको प्रहरीले जनाएको छ । आगलागी प्रभावितका लागि राहत र सहयोगका लागि सदरमुकाम म्याङ्लुङमा जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा