२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

राहत रमक पाउन सरकारी प्रक्रिया झनझटिलो

२०७३, ९ पुष शनिबार ११:४९

अमृत बास्तोला/पुस ९, तेह्रथुम । तेह्रथुमको ऐतिहासिक क्षेत्र आठराई संक्रान्तिबजारका अग्निपिडितहरुलाई शनिवार विभिन्न संघ संस्थाहरुबाट राहत उपलब्ध भएको छ । 

सामुदायिक सेवा केन्द्र फिदिम पाँचथर, सामुदायिक प्रहरी सेवा केन्द्र फिदिम संग आबद्ध केन्द्रले संक्रान्तिबजार अग्निपिडित तथा राहत व्यावस्थापन समितिलाई २ लाख १४ हजार १ सय तेइस रुपौया प्रदान गरेको हो । 

केन्द्रले संक्रान्तिबजारमा एक औपचारिक कार्यक्रमको आयोजना गरि समितिका प्रतिनिधि तथा अग्निपिडित दिपेश सिटौलालाई  केन्द्रका प्रमुख संरक्षक तथा प्रहरी नायव उपरिक्षक नकुल पोखरेल र केन्द्रका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको थियो । 

अग्निपिडित समितिलाई यस.बि.आई बैक पाँचथर शाखाका प्रबन्धक सुसान्त न्यौपानेबाट ५ हजार, फिदिमका विवेक पौडेलबाट ५ हजार र नगेन्द्र बिमलीले ५ हजार प्रदान गर्नु भएको छ । त्यस्तै पाँचथर फिदिमकै ज्ञानु श्रेष्ठ, सविता राउत, कल्पना शेर्मा  र रमा श्रेष्ठले एकमुष्ट ४ हजार बीस रुपौया अग्निपिडित समितिलाई प्रदान गर्नु भएको छ । कोषमा राहत रकम जम्मा गरेर सरकारी प्रक्रियाबाट पिडितलाई रकम उपलब्ध गराउन झनझटिले हुने र पिडित परिवारलाई दैनिक विताउन आर्थिक आवश्यक पर्ने भएकाले उक्त रकम कोषमा जम्मा नगरी अग्निपिडित तथा राहत व्यावस्थापन समितिलाई नै प्रदान गरिएको केन्द्रका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष अधिकारीले बताउनु भयो ।  

अग्निपिडित परिवारलाई वितरण गर्न ३५ हजार ५ सय रुपौया राहत रकम बोकेर आएको आलगैरी टोल सुधार समिति फिदिम भने राहत रकम वितरण नगरी फर्किएको छ ।  पिडित परिवारलाई प्रत्यक्ष राहत रकम वितरण गर्दा प्रभावकारी नहुने र “संक्रान्तिबजार पुर्नः निर्माण तथा पुर्नः स्थापना कोष”मा नगद राहत रकम जम्मा गर्दा वैज्ञानिक हुने संक्रान्तिबजार अग्निपिडित राहत वितरण समितिले भनेपछि सुधार समितिले कोषमा उक्त रकम जम्मा गर्ने भन्दै फर्किएको हो । 

शनिवार बैक बन्द हुने भएकाले आइतबार नै उक्त रकम नेपाल बैक लिमिटेडमा रहेको “संक्रान्तिबजार पुर्नः निर्माण तथा पुर्नः स्थापना कोष”को चल्ती खाता नम्बर ०५४००१०६३२२६९३०००००१ मा जम्मा गर्ने सुधार समितिका संयोजक राजेन्द्र अधिकारीले जानकारी दिनु भयो । सुधार समितिले अग्निपिडित परिवार बस्ने टहराको अनुगमन र पिडित परिवार प्रत्यक्ष भेटी विपत्तीबाट नआतिन आग्रह गरेको छ । पिडित परिवारलाई शान्तवना दिन सुधार समितिबाट चन्द्र डाँगी, बसन्त रिमाल र पत्रकार लक्ष्मी न्यौपाने लगायतका पद्याधिकारीहरुको उपस्थिती रहेको थियो । 

अग्निपिडित परिवारलाई पाँचथरका अन्य विभिन्न संघ संस्थाहरुबाट आएको लाखौ रकम बराबरको राहत सामग्री यस अघिनै वितरण भैसकेको छ । तेह्रथुम पाँचथर समन्वय समाज, पाँचथर उद्योग वाणिज्य संघ पाँचथर, निर्माण व्यवसायी संघ पाँचथर र कञ्चनजंगा ट्याक्सी व्यवसायी संघ पाँचथरले तत्कालै ७३ परिवारलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरेका थिए ।

पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्थाहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो