कमल बेल्बासे/मङ्सिर १२, कपिलवस्तु
। नेपालभारत सीमा क्षेत्रमा भारतीय पक्षले २४ घण्टाका लागि सीमानाका वन्द गरेको छ ।
भारतको सिद्धार्थनगर जिल्लासंग सीमा जोडिएका चाकरचौडा, हथिहवा, मर्यादपुर,
भिल्मी, कृष्णनगर लगायतका नेपाली सीमानाका सवै ठप्प भएका छन् ।
कपिलवस्तु जिल्लासंग सीमा जोडिएको भारतको सिद्धार्थनगर जिल्ला मागाउं पंचायत निर्वाचनका कारण
शनिबार विहान ५ बजेबाट आईतबार सांझ ५ वजे सम्मकालागि भारतीय सीमानाका बन्दभएको हो । भारतीय निर्वाचनलाई
मध्यनजर गर्दै भारतीय पक्षबाट सीमा सुरक्षामा पनि बिशोष सतर्कता अपनाएको छ ।