ललित बोहरा । पुष १० डडेल्धुरा ।  आइतबार डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी, हिमाली तथा तराइका जिल्लाहरुमा चिसो बढेको छ । पछिल्ला केहि दिन यता सुदूरपश्चिमका सबैजसो जिल्लाहरुमा चिसो अत्यन्तै बढेको स्थानियहरुको भनाई छ । बिहान–बेलुका अत्याधिक चिसोका कारण सर्वसाधारण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष १० डडेल्धुरा ।  आइतबार डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी, हिमाली तथा तराइका जिल्लाहरुमा चिसो बढेको छ । पछिल्ला केहि दिन यता सुदूरपश्चिमका सबैजसो जिल्लाहरुमा चिसो अत्यन्तै बढेको स्थानियहरुको भनाई छ । बिहान–बेलुका अत्याधिक चिसोका कारण सर्वसाधारण"/>
2026-09-18 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदुरपश्चिमभर चिसो बढ्यो, जनजीवन कष्टकर

ललित बोहरा । पुष १० डडेल्धुरा ।  आइतबार डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी, हिमाली तथा तराइका जिल्लाहरुमा चिसो बढेको छ । पछिल्ला केहि दिन यता सुदूरपश्चिमका सबैजसो जिल्लाहरुमा चिसो अत्यन्तै बढेको स्थानियहरुको भनाई छ । बिहान–बेलुका अत्याधिक चिसोका कारण सर्वसाधारणहरुको दैनिक क्रियाकलापमा समेत समस्या भएको छ । चिसो बढे सँगै गरिखाने बर्ग लगायत सर्वसाधारणहरुको जनजिबन प्रभाबित बन्दै गएको छ । चिसोका कारण बढी जसो यस क्षेत्रका बालबालिका तथा वृद्धहरुलाई समस्या परेको छ । चिसोले हुने सक्रमण समेत बढ्न थालेको अधिकांस चिकित्सकहरुको भनाई छ । चिसोका कारण निमोनिया, रुघाखोकी लगायत बिभिन्न सक्रमणहरु देखिन थालेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको छ । यो समयमा चिसोबाट बच्न न्यानो लुगा कपडा लगाउनुका साथै तातो झोलिलो पदार्थ बढी मात्रामा सेवन गर्नुपर्ने चिकित्सकहरुको सल्लाह छ । यो समयमा बढी जसो बच्चा तथा बृद्धबृद्धाहरुको स्वास्थ्यको ख्याल गर्न जरुरी देखिन्छ ।

यस्तै उता बाजुरालगायत हिमाली जिल्लाहरुमा पानी परेसँगै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । सुदूरपश्चिमका हिमाली क्षेत्रमा बिहीबार बेलुकीदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर भएको हो । पानी परेपछि कृषक भने खुसी भएका छन् । हिमपातले बाजुराका दुर्गम गाविसबाट सदरमुकाम आउने नागरिकहरु बिचबाटोमा अलपत्र परेका छन । हिमपातका कारण जिल्लाकै उच्च क्षेत्रमा रहेका विच्छ्याँ, दहकोट, पाण्डुसैन, मानाकोट, मार्तडी लगायतका दर्जन बढी गाविसमा हिमपात परेपछि जनजीवन प्रभावित भएको हो । पाण्डुसैन र मार्तडीको बिचमा पर्ने पोरखे लेखमा भारी हिमपात भएपछि सदरमुकामदेखि उत्तरी भेगमा पर्ने बजार र एरपोट बजारमा दैनिक उपभोग्य सामान र खाद्यान्न बोक्ने खच्चड र मान्छेकोे आवत जावत समेत बन्द भएको स्थानीयबासी दलसिंह रोकायाले बताउनुभयो । यस्तै लामो समयदेखि पानी नपरेका कारण बाली बिग्रन लागेका बेला पानी परेपछि कृषक भने खुसी भएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई