२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

थारु पत्रकार संघको अध्यक्षमा श्याम सिटी सर्वसम्मत चयन

२६ मंसिर २०७२, शनिबार ११:३७

कमल बेल्बासे/ मंसिर २६, कपिलबस्तु । कपिलबस्तुमा
थारु पत्रकार संघ कपिलबस्तुको प्रथम अबिधेशन तथा बुद्ध सन्देश साप्ताहिक पत्रिका को प्रथम वार्षिकोत्सव
को गजेहडा स्थित बिपि स्मृती भवनमा सम्पन्न भएको छ ।

थारु पत्रकार संघ कपिलबस्तुको प्रथम
अबिधेशनले ७ सदस्यीय थारु पत्रकार पुर्नगठन गरको छ । जसको अध्यक्षमा श्याम सिटि,उपाध्यक्षमा उमाशंकर
चौधरी, सचिवमा रन्जना रौतार , कोषाध्यक्षमा सरिता थारु, सदस्यमा सोनकली थारु, अनिता थारु, र कल्पना थारु
रहनुभएको छ । त्यस्तै सल्लाहकारमा सिताराम थारु र श्रिनिवास थारु रहनुभएको थारु पत्रकार संघ कपिलबस्तुले
बताएको छ ।
kapilbastu
थारु जातीको संस्कृती , भाषा, भेषभुषाको संरक्षण
तथा संर्वद्धनमा थारु पत्रकारहरुको विषेश भुमिका रहेको प्रमुख अपतपथ थारु पत्रकार सघंका केन्द्रीय
अध्यक्ष कृष्णराज सर्वहारिले बताउनु भएको छ । उहाले वर्तमान अवस्थामा थारु जातीको सस्कृती विस्तारै
लोपहुदै गएको अवस्थामा थारु पत्रकारहरुले यस क्षेत्रमा कलम चलाउनु पर्ने बताउनु भएको हो । । बुद्ध
सन्देश साप्ताहिक पत्रिकाको प्रथम वार्षिकोत्सव तथा थारु पत्रकार संघ कपिलबस्तुको प्रथम अबिधेशनलाई
सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।

कार्यक्रम थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष
कृष्णराज सर्वहारिको प्रमुख आतिथ्यता,जनकवि बिरबहादुर थारुको बिशिष्ट आतिथ्यता, बुद्ध सन्देशका प्रबन्धक
श्याम थारुको अध्यक्षता सम्पादक द्धारिका थारुको स्वागत र राज चौधरीको सन्चालनमा सम्पन्न भएको छ

तराईमध्ये कपिलबस्तुमा थारु जातिहरुको बाहुल्यता रहेको भएपनि थारुहरुको प्रत्रकारीतामा अझै कमि
रहेको औल्लाईएको छ । नबअध्यक्षमा श्याम सिटिले शपथ ग्रहण पछि अबको प्रत्रकारीता निकै महत्वपुर्ण रहने
बताउनुभएको छ ।

त्यस्तै ग्रामीण क्षेत्रमा अझै थारु जातीहरु सुचनाको सही सदुपयोग तथा पहुचमा
नभएकाले अबका दिनमा बुद्ध सनेस साप्ताहिक पत्रिकाले सबै विच निश्पक्ष सुचना प्रदान गर्नु पर्नेमा जोड
दिईएको छ । यस्तै विशिष्ट अतिथी जनकवि बिरबहादुर थारुले वर्तमान समयमा धेरै मिडिया हाउसका विच बुद्ध
सनेस स्थापना भयो त्यसरी नै यसलाई निरन्तरता दिनु पर्ने बताउनु भयो । आगामी दिनमा यस साप्ताहिक
पत्रिकाले खोजमुलक समाचार पनि जनता समक्ष पस्किनु पर्नेमा जोड दिनु भएको थियो ।

सोहि अवसरमा
नागरिक समाजका अध्यक्ष दोलखबहादुर पर्छाइ, आदीवासी जनजाती संघका अध्यक्ष गणेश थारु,थारु राष्ट्रिय गायक
श्रीनिवास थारु, सन्चारकर्मि सिताराम थारु, सनिउल्लाह धोवि, लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको
थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव