2026-07-10 08:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

थारु होमस्टे गाउँमा भलादमी दौड हुने

2016-12-26

दिनेश ठकुल्ला/पुस ११, धनगढी ।  कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ । 

स्थानीय संस्कृति, संस्कार, भेषभूषा संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहि पुस १७ देखि २१ गतेसम्म महोत्सव हुने आयोजक थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले जानकारी दिएको छ । 

महोत्सवमा थारु समुदायको नाचगान तथा थारु सङ्ग्रहालय आकर्षणको केन्द्रबिन्दु रहने धनगढीमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । ४२ वटा स्टल रहने महोत्सवमा थारु खानाका परिकार ढिक्री, खेरिया, फुलौरी, अण्डीक भात, खुर्मा, पनझझ्रा, कचरिक बरिया, घोङ्घी, सुतही लगायतको परिकार पाइने समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिनुभयो ।  

महोत्सव अवधिभरी सखिया, झुम्रा, मघौटा, लट्ठी, मुङ्ग्रहवा, हुर्दङ्ग्वा लगायत परम्परागत सहित आधुनिक नाच र विभिन्न कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ । यस्तै, वाणबाट भाले निशाना, भलाद्मी दौड लगायतका खेलकुद पनि हुने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।  

पर्यटन वर्ष २०११ को अवसर पारेर २०६७ पुस १७ गतेबाट भादामा थारु होमस्टे सञ्चालनमा ल्याइएको थियो । होमस्टे सञ्चालनसंगै प्रत्येक वर्ष थारु होमस्टे गाउँ भादा महोत्सव सञ्चालन गर्दै आएको आयोजकले जानकारी दिएको छ । 

भादामा होमस्टे सञ्चालन भएको सात वर्षमा आन्तरिक तथा बाह्य गरी ३७ हजार पर्यटकले होमस्टे अवलोकन गरेको र हालसम्म एक करोड ४० लाख रुपिया बराबरको आर्थिक कारोबार भएको समितिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । 

सदरमुकाम धनगढीबाट करिब ८ किलोमिटरको दूरीमा रहेको भादा होमस्टे गाउँमा १९ घरमा होमस्टे सञ्चालन छन् । थारु समुदायको मौलिक संस्कृति, संस्कारको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ होमस्टे सञ्चालन गरिरहेको समितिले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो