२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

पुस महिनामा चर्को घाम

२०७३, ११ पुष सोमबार ०९:५०

पुस ११, धनगढी । हुस्सु र कुहिरोसँगै चल्ने शीतलहरका कारण यसअघिका हिउँदयाममा कठ्याङ्ग्रिने जाडोको सामना गर्दै आएका स्थानीयवासी यस वर्ष भने घाम लाग्दा जाडोबाट मुक्त भएका छन् । 

मौसममा आएको परिवर्तनसँगै केही दिनयता सफा आकास हुँदा लाग्ने गरेको घामले राहत महसुस भएको स्थानीयवासीले बताएका छन् । “पुस महिनामा पनि चर्को घाम लागेको पहिलोपटक देखेँ, स्थानीयवासी खड्कबहादुर मल्लले भन्नुभयो, तीन दशकअघि पुस महिनामा घाम लाग्थ्यो, तर यति चर्को घाम हुन्थेन ।” 

जलवायु परिवर्तनको असरले पुस महिनामा पनि यति चर्को घाम लागेको हुन सक्ने स्थानीयवासीको भनाइ छ । कुहिरो र हुस्सुसँगै चलेको शीतलहरका कारण यस क्षेत्रमा गएको मङ्सिर महिनाको अन्ततिर आठ÷दश दिन जाडो बढेको थियो । 

स्थानीय जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयले, आकास सफा हुँदा दिनहुँ लाग्ने गरेको घामले जाडो ह्वात्तै घटेको जनाएको छ । 

मङ्सिर अन्तिमतिर जाडो बढेर आठ डिग्री सेल्सियस आसपाससम्म झरेको यहाँको न्यूनतम तापक्रम घाम लाग्दा हाल ११ डिग्री सेल्सियसको आसपास पुगेको कार्यालयका प्रमुख राममणि मिश्रले बताउनुभयो । 

पश्चिमी वायुको प्रभाव न्यून रहेका कारण हिजोआज हुस्सु, कुहिरो र शीतलहरको समस्या नदेखिएको हुन सक्ने मिश्रले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला