११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

पुस महिनामा चर्को घाम

११ पुष २०७३, सोमबार ०९:५०

पुस ११, धनगढी । हुस्सु र कुहिरोसँगै चल्ने शीतलहरका कारण यसअघिका हिउँदयाममा कठ्याङ्ग्रिने जाडोको सामना गर्दै आएका स्थानीयवासी यस वर्ष भने घाम लाग्दा जाडोबाट मुक्त भएका छन् । 

मौसममा आएको परिवर्तनसँगै केही दिनयता सफा आकास हुँदा लाग्ने गरेको घामले राहत महसुस भएको स्थानीयवासीले बताएका छन् । “पुस महिनामा पनि चर्को घाम लागेको पहिलोपटक देखेँ, स्थानीयवासी खड्कबहादुर मल्लले भन्नुभयो, तीन दशकअघि पुस महिनामा घाम लाग्थ्यो, तर यति चर्को घाम हुन्थेन ।” 

जलवायु परिवर्तनको असरले पुस महिनामा पनि यति चर्को घाम लागेको हुन सक्ने स्थानीयवासीको भनाइ छ । कुहिरो र हुस्सुसँगै चलेको शीतलहरका कारण यस क्षेत्रमा गएको मङ्सिर महिनाको अन्ततिर आठ÷दश दिन जाडो बढेको थियो । 

स्थानीय जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयले, आकास सफा हुँदा दिनहुँ लाग्ने गरेको घामले जाडो ह्वात्तै घटेको जनाएको छ । 

मङ्सिर अन्तिमतिर जाडो बढेर आठ डिग्री सेल्सियस आसपाससम्म झरेको यहाँको न्यूनतम तापक्रम घाम लाग्दा हाल ११ डिग्री सेल्सियसको आसपास पुगेको कार्यालयका प्रमुख राममणि मिश्रले बताउनुभयो । 

पश्चिमी वायुको प्रभाव न्यून रहेका कारण हिजोआज हुस्सु, कुहिरो र शीतलहरको समस्या नदेखिएको हुन सक्ने मिश्रले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह