२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अग्निपिडितलाई सिंगापुरबाट सहयोग, प्रवासमा राहत संकलन तिब्र

२०७३, ११ पुष सोमबार ११:४०

अमृत बास्तोला/पुस ११, तेह्रथुम । तेह्रथुमको ऐतिहासिक क्षेत्र आठराई संक्रान्तिबजारका अग्निपिडितहरुलाई सोमबार सिंगापुरबाट राहत रकम उपलब्ध भएको छ । 

संक्रान्तिबजार—२, खेलपुर घर भई हाल सिंगापुर निवासी समाजसेवी मनकुमारी फोम्बो मार्पmत ९५ हजार  सहयोग प्राप्त भएको छ । १३ वर्ष अघि देखि सिंगापुर बस्तै आउनु भएको मनकुमारी बाट ५० हजार र अन्य सहयोगी साथीहरुबाट ४५ हजार संकलन गरेर अग्निपिडितहरुलाई सहयोग उपलब्ध गराइएको हो । 

संक्रान्तिबजार स्थित इलाका प्रशासन कार्यालयको प्रङगणमा एक कार्यक्रमको आयोजना गरिे समाजसेवी फोम्बोका बुबा तिलप्रसाद फोम्बो र आमा गोमादेवि फोम्बोले संक्रान्तिबजार अग्निपिडित राहत वितरण समितिका संयोजक तथा इलाका प्रशासनका प्रशासक सफल पोर्तेल, उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेल र अग्निपिडितका प्रतिनिधि दिपेश सिटौलालाई सो सहयोग रकम संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको हो । सिंगापुरमा प्रवासी नेपालीहरुको समूहबाट अग्निपिडितहरुको लागि राहत संकलन अभियान संचालन भइरहोको समाजसेवी मनकुमारीले जानकारी दिनु भयो । 

उत्ता इजरालमा पाथिभरा मिडिया ग्रुपले पनि अग्निपिडितहरुको लागि राहत संकलन अभियान संचालन गरेको छ । मिडिया ग्रुपले चलाएको अभियानबाट १ लाख भन्दा बढी रकम संकलन भईसकेको इजरायलबाट समाजसेवी देव बास्कोटाले जानकारी दिनु भएको छ । 

त्यस्तै गरी प्रवासी नेपालीहरुबाट कोरियामा पनि “संक्रान्तिबजार पुर्नः निर्माण तथा पुर्नः स्थापना”का लागि राहत संकलन अभियान संचालन भएको कोरियाबाट रामप्रसाद उप्रेतीले जानकारी दिनु भएको छ । प्रवासी नेपलीहरुबाट विभिन्न देशमा अग्निपिडितहरुको लागि राहत संकलन अभियान संचालन भईरहेको बताइएको छ । 

पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ