११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अग्निपिडितलाई फेदाप समाजद्धारा सहयोग

१२ पुष २०७३, मंगलवार १२:१४

अमृत बास्तोला/पुस १२, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई मंगलबार फेदाप समाज धरान सुनसरीले राहत सामग्री उपलब्ध गराएको छ । 

संक्रान्तिबजार आइपुगेका समाजका प्रतिनिधिहरुले इलाका प्रहरी कार्यालय सक्रान्तिबजारमा औपचारीक कार्यक्रमको आयोजना गरि अग्निपिडित ७३ परिवारलाई १÷१ थान सिरक वितरण गरेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै समाजका केन्द्रीय अध्यक्ष गजेन्द्र इस्वोले अग्निपिडित परिवारको यो दुःखद घडिमा सबै सरोकारवाला सहयोगीहरुले साथ दिनु पर्नेमा जोड दिनु भएको छ । जाडोको मौसमा पिडितहरुको समस्यालाई न्यानो बनाउन १ लाख ४६ हजार बराबरको ७३ थान सिरक उपलब्ध गराइएको समाजका केन्द्रीय महासचिव सन्तोष कुरुङवाङले जानकारी दिनु भएको छ । उत्त सामग्री समाजको अगुवाईमा विभिन्न व्यवसायी व्याक्तिहरुबाट संकलन गरेर पिडितहरुलाई उपलब्ध गराएको बताइएको छ । 

कार्यक्रममा फेदाप र आठराई क्षेत्रको आत्मीय सम्बन्धलाई अझ प्रगाड बनाउन किँरातीहरुको प्रतिक “सिलाम साक्मा” मायाको चिनो स्वरुप आठराई क्षेत्रका अगुवा सरोकारवाला निकाय, समाजसेवि, पत्रकारहरुलाई किँरात याक्थुङ चुम्लुङ सुनसरीका अध्यक्ष मोहनकुमार हुक्पा चोङवाङले वितरण गर्नु भएको थियो ।

पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह