२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अग्निपिडितलाई फेदाप समाजद्धारा सहयोग

२०७३, १२ पुष मंगलवार १२:१४

अमृत बास्तोला/पुस १२, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई मंगलबार फेदाप समाज धरान सुनसरीले राहत सामग्री उपलब्ध गराएको छ । 

संक्रान्तिबजार आइपुगेका समाजका प्रतिनिधिहरुले इलाका प्रहरी कार्यालय सक्रान्तिबजारमा औपचारीक कार्यक्रमको आयोजना गरि अग्निपिडित ७३ परिवारलाई १÷१ थान सिरक वितरण गरेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै समाजका केन्द्रीय अध्यक्ष गजेन्द्र इस्वोले अग्निपिडित परिवारको यो दुःखद घडिमा सबै सरोकारवाला सहयोगीहरुले साथ दिनु पर्नेमा जोड दिनु भएको छ । जाडोको मौसमा पिडितहरुको समस्यालाई न्यानो बनाउन १ लाख ४६ हजार बराबरको ७३ थान सिरक उपलब्ध गराइएको समाजका केन्द्रीय महासचिव सन्तोष कुरुङवाङले जानकारी दिनु भएको छ । उत्त सामग्री समाजको अगुवाईमा विभिन्न व्यवसायी व्याक्तिहरुबाट संकलन गरेर पिडितहरुलाई उपलब्ध गराएको बताइएको छ । 

कार्यक्रममा फेदाप र आठराई क्षेत्रको आत्मीय सम्बन्धलाई अझ प्रगाड बनाउन किँरातीहरुको प्रतिक “सिलाम साक्मा” मायाको चिनो स्वरुप आठराई क्षेत्रका अगुवा सरोकारवाला निकाय, समाजसेवि, पत्रकारहरुलाई किँरात याक्थुङ चुम्लुङ सुनसरीका अध्यक्ष मोहनकुमार हुक्पा चोङवाङले वितरण गर्नु भएको थियो ।

पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो