पुस १४, मोरङ । पूर्वमा घना जङ्गलमा तीव्ररुपमा पक्की चिहान निर्माण भएपछि जङ्गल मासिने क्रम बढ्न थालेको छ । 

विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लाको र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १४, मोरङ । पूर्वमा घना जङ्गलमा तीव्ररुपमा पक्की चिहान निर्माण भएपछि जङ्गल मासिने क्रम बढ्न थालेको छ । 

विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लाको र"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

अव्यवस्थित चिहानले वन विनाश

२०७३, १४ पुष बिहीबार ०२:४०

पुस १४, मोरङ । पूर्वमा घना जङ्गलमा तीव्ररुपमा पक्की चिहान निर्माण भएपछि जङ्गल मासिने क्रम बढ्न थालेको छ । 

विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लाको राजमार्गले छोउका जङ्गल प्राकृतिक रुपले हरियो देखिनुको सट्टा चिहानले सेतै देखिन थालेका छन् । 

झापाको सीतापुरी, केर्खा, धरमपुर, माइधार, झिलझिले, चारआली, धाइजन, मोरङको पथरीशनिश्चरे, बयरवन, डाँगीहाट, बेलबारी तथा सुनसरीको धरानसहितका ठाउँमा कङ्क्रिट चिहानघर तीव्ररुपमा निर्माण भएपछि जङ्गल मासिने खतरा बढेको हो । 

राई, लिम्बू, मगरलगायतका जातजातिले मात्र निर्माण गर्दै आएको कङ्किट चिहान हाल आएर अरु जातिले समेत निर्माण गर्न थालेका छन् । 

झापा र मोरङमा भने भुटानी शरणार्थीले समेत जङ्गलमै चिहान बनाउन थालेको पाइएको छ । एउटा कङ्किट चिहानले एकदेखि तीन धुरसम्म क्षेत्रफल ओगट्ने गर्दछ । सुनसरी र झापामा चिहानले कति छेत्रफल ओगटेको छ भन्नेबारेमा जिल्ला वन कार्यालयसँग तथ्याङ्क छैन् । 

मोरङमा भने राजमार्ग छेउको करिब ४० किमी लम्बाई र करिब २० हेक्टर क्षेत्रफल कङ्किट चिहानले ओगटेको जिल्ला वन कार्यालयको तथ्याङ्कमा छ । जङ्गलमा चिहान निर्माण तीव्र हुन थालेपछि यसलाई व्यवस्थित गर्न विभिन्न पक्षबाट पहल सुरु भएको छ । 

कतिपय सामुदायिक वन उपभोक्ता समूहले आफ्नो क्षेत्रमा पक्की चिहान बनाउन रोक लगाएका छन् । वन उपभोक्ता समूहले विभिन्न स्थानमा सूचना पार्टी राखेर सचेत गराउन थालेपछि भने पक्की चिहान निर्माण नगरी समाधिस्थलमा बिरुवा रोप्न सुरु भएको जिल्ला वन कार्यालय मोरङका प्रमुख डा विनोद देवकोटाको भनाइ छ । 

नयाँ चिहान बनाउने कार्य रोकिए पनि पुराना चिहान हटाउन भने नसकिएको उहाँ बताउनुहुन्छ । धनकुटाको भेडेटारस्थित नाम्जे गाउँका मगर जातिले पूर्खाका सयौंँ चिहान उत्खनन् गरी एकै ठाउँमा समेटेर सामूहिक आत्माघर बनाई पर्यटकीय थलोका रुपमा विकास गरेका छन् । 

यसैबीच कङ्क्रिटका कारण वन क्षेत्रमा नयाँ बिरुवा उम्रने उर्वराशक्ति ह्रास आउने भन्दै तामाङ समुदायले भने पथरी शनिश्चरेको जयचोकमा समाधिस्थल निर्माण गरी एकै ठाउँमा शव जलाउने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा