पुस १४, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई विहिबार शैनिक श्रीमती संघ (नेपाली सेना) ले राहत सामग्री उपलब्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १४, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई विहिबार शैनिक श्रीमती संघ (नेपाली सेना) ले राहत सामग्री उपलब्"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

आगलागि नियन्त्रण देखि राहत वितरणसम्म नेपाली सेना

१४ पुष २०७३, बिहीबार १३:२६

पुस १४, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई विहिबार शैनिक श्रीमती संघ (नेपाली सेना) ले राहत सामग्री उपलब्ध गराएको छ । 

संक्रान्तिबजार आइपुगेका सैनिक श्रीमती संघ (नेपाली सेना) को टोलीले इलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा औपचारीक कार्यक्रमको आयोजना गरि १ हजार ७ सय १० केजि चामल, ९० थान ज्याकेट र ७८ थान कम्बल प्रदान गरेका छन् । सैनिक श्रीमती संघ (नेपाली सेना) भद्रकाली, काठमाडौको सहयोगमा प्राप्त राहत सामग्री  अग्निपिडित ७३ विस्थापति परिवारलाई वितरण गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै भैरवदल गण पाँचरका प्रमुख सेनानी शिवराज पन्तले करोडौको क्षति भएको यो दुःखको घडिमा पिडितहरुलाई साहानुभूति स्वरुप मलम लगाउने प्रयत्न गरिएको बताउनु भयो । पुस १ गते भएको आगलागी नियन्त्रण देखि राहत वितरण गर्दै आएको गणले आठराई क्षेत्रमा आइपर्ने जुनसुकै आपतकालिन विपत्तिमा सहयोग गर्ने गणपति पन्तले बताउनु भयो । 

त्यस्तै कार्यक्रममा संघकी सदस्य पुजा पन्तले भैपरी आइपर्ने घटनाहरु नियन्त्रणमा आकस्मिक निर्णय गर्न नसकिएकाले यतिका धेरै क्षति भएको बताउनु भयो । आपतकालिन अवस्थामा गाउँका युवाहरुलाई विपत्तिबाट हुन सक्ने जुनसुकै घटना नियन्त्रणबारे प्रशिक्षित गराउनु पर्ने भएकाले यसमा सरोकारवाला निकायले ध्यान दिनु पर्ने उल्लेख गर्नु भयो । 

संक्रान्तिबजारमा भएको भिषण आगलागी भैरवदल गण पाँचरबाट आएको नेपाली सेनाको टोली सहितको सुरक्षा निकाय, दम्कल र स्थानिय डोजरको ४ घण्टा लामो प्रयास पछि नियन्त्रणमा आएको थियो । 

आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ । – अमृत बास्तोलाबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह