महेन्द्र केसी /पर्वत । जिल्लामा बालश्रम शोषण अन्त्य हुन सकेको छैन । अझै पनि जिल्लामा रहेका केह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी /पर्वत । जिल्लामा बालश्रम शोषण अन्त्य हुन सकेको छैन । अझै पनि जिल्लामा रहेका केह"/>
२०८२, ११ चैत्र बुधबार
पर्बत - PBT

पर्वतमा रोकिएन बालश्रम शोषण

२०७३, १७ पुष आईतवार ०५:१५

महेन्द्र केसी /पर्वत । जिल्लामा बालश्रम शोषण अन्त्य हुन सकेको छैन । अझै पनि जिल्लामा रहेका केहि होटल तथा लजमा बालबालिकाहरुलाई काम गर्नको लागि राखेको भेटिन्छ । जिल्लामा बालबालिकाको हक र अधिकारको संरक्षणको लागि प्रमुख जिल्ला अधिकारीको संयोजक रहेको बालबल्याण समिति छ । १२ वटा भन्दा बढी मानवअधिकारबादी समुह तथा संगठन र नागरिक समाज भएता पनि बालबालिकाको श्रम शोषण भएको मुकदर्शक बनेर हरेर बसेका छन् । कसैले पनि बालबालिकालाई उद्धार गर्न र बालश्रमिक राख्नेलाई कारवाहीको दायरमा ल्याउनको लागि पहल गर्न सकेको छैन । 

नेपालको संविधान २०७३ले बालअधिकारलाई मौलिक हक र अधिकारका रुपमा स्थापित गरेको छ भने बालश्रम शोषणालाई दण्डनीय र अपराधका रुपमा लिएको छ तर जिल्लामा बढी जसो सरकारी र नागरिक समाज तथा अन्य संघसंस्थाको कार्यक्रम हुने होटलमा बालश्रमिक राखेका भेटिन्छ । तर कार्यक्रममा जाने प्रमुख अतिथि बन्ने फर्के प्रमुख जिल्ला अधिकार हुन् वा अन्य कुनै कसैले पनि बालश्रमिक राखेको देखता पनि नदेखेको गरेर हिड्ने गरेको पाइएको छ । 

कुश्मा नगरपालिका अन्तरगत कुश्मा बजारमा २०७३ असार ३० गते  गरिएको अनुगमनमा ४ बालबालिका र १ महिला सहित ५ जना होटल तथा अन्य उद्योगमा काम गरेको पाइएको थियो । जसमा वलडिङ कारखानामा ३ जना बालक, मासुपसलमा १ र कवाडी समान विक्रि गर्नेमा १ जना रहेको तत्कालीन  अनुगमन टोलीले प्रतिबेदन सार्वजानिक गरेको थियो ।

बसन्तबहादुर सिके संयोजकमा जिल्लामा ५ सदस्यीय अनुगमन टोली गठन भएको थियो । जसमा सरस्वती शर्मा जिज्ञासु, मानकुमारी गिरी, अधिवक्ता झोलानाथ शर्मा, बसन्त कर्माचार्य रहेका छन् ।

बजारमा अनुगमनमा बालश्रमिक राखेको भेटिएता पनि उनीहरुको पुर्नस्थापना र व्यवस्थापनको लागि कुनै पनि पहल हुन सकेको छैन । बालकल्याण समिति मार्फत उनीहरुको उद्धार गर्नको लागि खासै पहल हुन सकेको देखिदैन । जिल्लामा बालश्रमिक पछिल्लो समयमा बढ्दै गएको छ तर पनि कसैले यसलाई रोक्नको लागि प्रयास गरेको देखिदैन । 

जिल्ला बालकल्याण समिति पर्वतले ०६७ सालमा जिल्लामा श्रमिकका रुपमा रुपमा रहेका ५९७ जना महिला तथा बालबालिकाको तथ्याङक सार्वजानिक गरेको थियो ।  जस अनुसार घरेलु कामदारका रुपमा ३७६, बालघरेलु २११,यातयात श्रमिक ६, कवाडी टिप्ने १ र खानीमा ३ जना रहेको तथ्याङकले देखाएको छ । जिल्लामा संकलन भएका तथ्याङक पनि प्रशासनमा नआएको महिला तथा बालबालिका कार्यालय पर्वतकी निमित्त प्रमुख महिला विकास अधिकृत तारा सुनुवारले जानकारी दिइन । उनले जिल्लामा बालकल्याण समितिले त्यसपछि यता नियमित अनुगमन गर्न नसकेको महिला  तथा बालबालिका कार्यालय पर्वतकी निमित्त प्रमुख महिला विकास अधिकृत तारा सुनुवारले बताइन् ।

जिल्ला बालकल्याणका पदाधिकारीहरूको भूमिका सक्रिय नभएकोले जिल्लामा के कति बालबालिकाहरु बालश्रमिका रुपमा छन् भन्नेबारे बाहिर खुलस्त आउन नसकेको उनले तर्क छ ।

सरकारले बाल अधिकार संरक्षणको लागि भन्दै भदौ २९ गते बाल अधिकार दिवस मनाउदै आएको छ । कुने पनि बालबिालकालाई उसको इच्छा विपरीत वा १६ बर्ष भन्दा मुनिका बालबालिकालाई फकाएर काममा लगाएता पनि बालअधिकार हनन् हुने नियममा उल्लेख छ तर पनि जिल्लामा रहेका सरोकारवालाको नाकै मुनि बालअिधकार हनन् भैराखेका छन् तर कसैले त्यसमा चाँसो देखाएको पाइदैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने