२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सांसदको निर्वाचन क्षेत्र विकास बजेट मठमन्दिरदेखि संघसंस्थासम्मलाई

२०७३, १७ पुष आईतवार १०:२०

दिनेश ठकुल्ला, पुस १७, धनगढी । कैलालीमा निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत ठूलो विकास बजेट धार्मिक सामाजिक संघसंस्था, विद्यालय र ग्रामिण क्षेत्रका सडक ग्राभेलका नाममा छुट्याइएको छ । विकासका लागि आएको बजेटमध्ये ठूलो हिस्सा मठ, मन्दिर, गुम्बा, चर्च र सामाजिक संघसंस्थाका भवन निर्माणमा खर्च गर्ने गरि सांसदहरुले जिल्ला विकास समितिमा योजना सिफारिस गरेका छन् । 

दुवै कार्यक्रम अन्तरगत ३ करोड भन्दा बढी विकास रकम मठमन्दिर, चर्च, गुम्बा, दलका कार्यकर्ताबाट संचालित सामाजिक संघसंस्था, कतिपय राजनीतिक नेता कार्यकर्ताका टोल घर जाने सडक ग्राभेलजस्ता योजनाका नाममा छुट्याइएको छ ।  सांसदहरुले कतिपय काल्पनिक लाग्ने र यो आर्थिक वर्षमा निर्माण हुन नसक्नेजस्ता योजनामा बढी रकम बा“डेका छन् । पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन  क्षेत्र विकास कार्यक्रम दुवै अन्तरगत विकास योजना आवश्यकता भन्दा पनि कार्यकर्तामुखी योजना सांसदहरुले सिफारिस गरेका छन् । 

क्षेत्र नम्बर ६ का सांसद पुष्करनाथ ओझाले मठ, मन्दिर, गुम्बा, चर्च तथा सामाजिक संघसंथाका भवन निर्माणका लागि दुवै कार्यक्रमबाट गरि सबै  एक करोड रुपैयाका योजना सिफारिस गरेका छन् । उनले निर्वाचन क्षेत्र पूर्वाधार विशेषतर्फ १३ र क्षेत्र विकासतर्फ ८ योजना मठमन्दिर, चर्च तथा सामाजिक संघसंस्थाका भवन निर्माणका लागि सिफारिस गरेका छन् । पूर्वाधार विशेष कार्यक्रमतर्फ उनले बेहडाबाबा मन्दिर धर्मशाला निर्माण, फूलबारीमा बौद्ध गुम्बा निर्माण, धनगढी गाउँमा नवदुर्गा अनुष्ठान केन्द्रको अधुरो भवन निर्माणका लागि १०÷१० लाख रुपैया छुट्याएका छन् । 

विद्यालय भवन निर्माणलाई प्राथमिकता दिएका ओझाले धनगढी–४, महिमा चर्चका लागि २ लाख, धनगढी–४, मा आमा समूहको भवन निर्मँण ३ लाखको योजना सिफारिस गरेका छन् । पूर्वाधारतर्फ १०÷१० लाखका योजना छनौट गरेका ओझाले सबै भन्दा बढी कैलाली बहुमुखी क्याम्पसको भवन निर्माणका लागि ५० लाख र फूलबारीमा कल्भर्ट निर्माणका लागि २० लाख छुट्याएका छन् ।

क्षेत्र नम्बर ३ का सांसद रामजनम चौधरीले विपी शैलजा स्मृति भवनका नाममा पूर्वाधार विकासतर्फबाट ४० लाख छुट्टयाएका छन् । भजनी त्रिशक्ति नगरपालिकाको वडा नं ४ मा उक्त भवन निर्माण हुने उल्लेख गरिएको छ ।  सांसद चौधरीले जोशीपुरमा दुर्गा मन्दिर निर्माणका लागि २० लाख र दुर्गा मन्दिर निर्माणमा १० लाख विकास बजेट छुट्टयाएका छन् । सांसद चौधरीले मठ मन्दिर र सामाजिक संघसंस्थाका नाममा करिब १  रकम छुट्याएका छन् । यस्तै हसुलियामा विद्युतिकरणका लागि २० लाख र रघुनाथ आदर्श उच्च माविको भवन निर्माणका लागि ३० लाख रुपैया बजेट छुट्याएका छन् । क्षेत्र नम्बर १ का सांसद जनकराज चौधरीले विकास बजेटमध्ये बोर्डिंड्ड स्कुल, सहकारी भवन निर्माणदेखि खेल मैदान निर्माणसम्ममा ठूलो रकम छुट्टयाएका छन् ।  उनले टीकापुरको खड्ग मेमोरियल बोर्डिड्ड स्कूलको पूर्वाधार विकासका लागि १० लाख, टीकापुरमा योगाश्रम निर्माणका लागि १० लाख तथा कोटातुल्सीपुरमा एक स्थानीय क्लबको भवन निर्मँणमा १० लाख छुट्याएका छन् । क्षेत्र नम्बर ४ का सांसद एवं कृषि मन्त्री गौरीशंकर चौधरीले पनि मन्दिर, सामुदायिक भवन, धार्मिक भवन  र सहकारीका भवनमा करिब ५० लाख रकम छुट्टयाएका छन् । पहलमानपुरमा असनबाबा कृषि सहकारीको भवन निर्मँण, बसौटीमा धार्मिक भवन निर्माण र बसौटीमै मन्दिर निर्मँणका लागि पूर्वाधार विशेषतर्फबाट १५÷१५ लाख छुट्याएका छन् । 

उनले बसौटी–९, स्थित सुर्मि नालामा पुल निर्माणका लागि ४० लाख, मसुरिया–तालबन्द सडक ग्राभेलका लागि २० लाख, सिमली–पण्डौन–खिमडी सडक निर्माणका लागि १५ लाख छुट्याएका छन् ।

वन तथा भूसंरक्षण राज्यमन्त्री एवं क्षेत्र नम्बर ५ का सांसद दीर्घराज भाटले जोनापुरमा खेल मैदान निर्माणमा १५ लाख, अत्तरिया उद्योग वाणिज्य संघको पूर्वाधार निर्माणमा ५ लाख, गोदावरीमा कृष्ण मन्दिर निर्माणका लागि एक लाख तथा अत्तरिया–२, मा यज्ञशाला निर्मँणका लागि २ लाख रुपैया छुट्याएका छन् । उनले चौमाला–खैराला सडकमा १५ लाख, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि ४० लाख, गोदावरी–६,मा खानेपानी निर्माणका लागि २० लाख, चौमाला–१, मा पुल निर्माणका लागि १३ लाख बजेट छुट्याएका छन् ।

तुलनात्मक रुपमा क्षेत्र नम्बर २ का सांसद मोहनसिंह राठौरले विकास बजेट सडक र खानेपानीजस्ता पूर्वाधार निर्माणमा बढी छुट्टयाएका छन् । तर क्षेत्र विकास कार्यक्रमतर्फ राठौरले पनि विकास बजेट गैरसरकारी संस्थादेखि सामुदायिक भवन निर्माणमा ठूलो रकम छुट्टयाएका छन् । 

विकासतर्फ उनले लम्की–राजका“डा–सोल्टा सडकमध्ये वर्गदा खानेपानीदेखि मूर्तिडा“डासम्म सडक निर्माण र सोही सडकको मूर्तिडा“डादेखि राजकाँडासम्म सडक निर्माणलाई प्राथमिकता दिंदै ५०÷५० लाख रुपैया छुट्याएका छन् । यस्तै गुलरा–बाघमारा र गुलरा–प्रतापपुर सडक कालोपत्रेका लागि ४०÷४० लाख छुट्याएका छन् ।

प्रत्यक्षतर्फ निर्वा्चित सांसदहरुले पूर्वाधार विशेष कार्यक्रम अन्तरगत सिफारिस गरिएका कतिपय योजना आर्थिक वर्षमा पुरा हुनै नसक्ने किसिमका रहेका कर्मचारीहरु बताउछन । काम गरेजस्तो गरि कार्यकर्तालाई विकास रकम बाडीचुडी हुने खाले विकास योजना रहेका जिल्ला विकासका एक कर्मचारीले बताए । कैलाली जिल्लामा रहेका पहाडी गाविसलाई खासै प्राथमिकता दिएको देखिदैन । पहाडी गाविसको विकास र त्यहाका बासिन्दाको समस्याप्रति सांसदहरुले आफ्ना योजनाहरुमा खासै समेटेका छैनन् । प्रत्यक्ष निर्वा्चित सांसदको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमतर्फ ३ करोड बजेटको व्यवस्था रहेको छ । उक्त बजेटभित्र रहेर योजना छनौट गर्ने अधिकार प्रत्यक्ष निर्वा्चित सांसदलाई छ । समानुपातिकतर्फ झनै बेजोग प्रत्यक्ष निर्वा्चित सांसद भन्दा समानुपातिकतर्फका सांसदहरुको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगतको विकास बजेट विनियोजन झनै बेजोग देखिन्छ । मठ मन्दिर, गुम्बा, चर्च, इदगाहसहित ब्युटीपार्लर तालिमसम्मका लागि सांसदहरुले बजेट छुट्टयाएका छन् । समानुपातिक सांसद इश्वरी न्यौपानेले ब्युटीपार्लर तालिमदेखि नाउ, गाउ“ र ठेगाना नै नभएका स्वरोजगार तालिममा समेत ठूलो रकम छुट्टयाएकी छन् । उनले क्षेत्र नम्बर ३ मा भन्दै महिला तथा युवा आयआर्जन तथा स्वरोजगार प्रशिक्षण कार्यक्रमका नाममा १५ लाख छुट्याएकी छन् ।  क्षेत्र नम्बर ३ भनिए पनि नाम खुलाइएको छैन । यस्तै उनले ब्यूटिपार्लर तालिमका लागि ४ लाख छुट्याएकी  छन् । अर्का समानुपातिक सांसद बुद्धिसागर चौधरीले चौतारो निर्माण, ओमशान्ति भवन, मानव धर्म भवनदेखि बाख्रा र सुंगुर पालनसम्ममा विकास बजेट छुट्याएका छन् । 

पूर्वजनमुक्ति सेनालाई चेतनामुलक तालिमका लागि भन्दै सांसद हरि ज्ञवालीले १० लाख बजेट छुट्याएका छन् । अर्की सांसद गीता राणाले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट चुरा बनाउने एक महिने तालिमदेखि ब्यूटिपार्लर तालिमसम्ममा विकास बजेट छुट्याएकी छन् । 

अर्का सांसद बिमल कुमार कोडिया र रामदुलारी चौधरीले ब्यूटिपार्लरतर्फ ठूलो बजेट रहेका योजना जिविसमा पेश गरेका छन् । कोडियाले मन्दिर निर्माणदेखि तालिममा विकास बजेटको ठूलो हिस्सा छुट्याएका छन् । 

समानुपातिक सांसद गरिमा शाहले मनमोहन स्मृति भवनका नाममा धनगढीमा पार्टी भवन निर्माणका लागि ५ लाख तथा चौमालामा पुष्पलाल स्मृति भवन निर्माणका लागि २ लाखको योजना पेश गरेकी छन् ।

प्यारेलाल राना, रबनी चौधरी, मीना चौधरीसहितका सांसदले पनि विकास बजेट मठमन्दिर निर्माण, तालिम, समूहका भवन निर्माण आदि योजनामा छुट्याइएको छ । 

समानुपातिक तर्फका पनि सबै सांसदले विकास बजेटलाई सिधै कार्यकर्तामा पुग्ने गरि योजना सिफारिस गरेका छन् ।  कैलालीमा ६ जना प्रत्यक्षतर्फ र १० जना समानुपातिक तर्फका सांसदले गरि २६ करोड बजेट निर्वाचन क्षेत्र विकासका लागि सिफारिस गरेका छन् । सबै सांसदले योजना पेश गरिसकेका जिविसले जनाएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत ५० लाख रुपैया बजेटको व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ