२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हात्ती आतङ्कका कारण रातभर जाग्राम

२०७३, २० पुष बुधबार ०५:३८

अजितकुमार झा/पुस २०,इनरुवा । सुनसरी पश्चिम कुशाहा गाविस–४ का योगेन्द्र उराव रातिको समयमा चयनले सुत्न पाउनुहुन्न । दिनभरि काममा थाकेर आराम गर्नका लागि घर आउने योगेन्द्रको आराम गर्ने सपना करिब चार महिनादेखि पूरा भएको छैन । कारण एउटै हो, जङ्गली हात्तीको आतङ्क । 

कोसी टप्पु वन्यजन्तु आरक्षबाट दैनिकरुपमा राति र दिउँसोको समयमा निस्कने हात्तीको आतङ्कले उहाँ हैरान मात्र नभई आजित हुनु भएको छ । उहाँ मध्यवर्ती क्षेत्रका लागि एक उदाहरणका पात्र मात्र हुनुहुन्छ । उहाँ जस्तै हरिपुर, श्रीपुर क्षेत्रका स्थानीयवासीलाई दिनभरि काम गरेर आउने र राति आराम गर्ने बेलामा हात्ती धपाउनुपर्ने बाध्यता रहेको छ । जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेको श्रीपुर गाविसका श्यामनारायण खेरवारको भनाइ छ । 

हात्तीले आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षतिसमेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको पश्चिम कुशाहा–४ का रामनारायण सिंहको गुनासो छ । 

आरक्षबाट प्रत्येक दिन रातको समयमा तीन÷चार वटाको समूहमा निस्कने जङ्गली जनावरका कारण स्थानीयवासी जङ्गली जनावर धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन रातभर जाग्राम बस्न बाध्य भएका छन् । आरक्ष क्षेत्रमा सोलार फेन्सीङको केही क्षेत्रमा व्यवस्था गरेको भएपनि कमजोर तारबारका कारण जङ्गली जनावर निर्बाधरुपमा निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मच्चाउने गरेको श्रीपुरका धर्मेन्द्र मेहताको भनाइ छ । 

स्थानीयवासी मात्र नभई आरक्षबाट दैनिकरुपमा आउने जङ्गली हात्तीका कारण आफूहरु समेत समस्यामा परेको आरक्षका कर्मचारीको गुनासो छ । रातिको समयमा हात्तीले सुतेको कोठाअगाडि आएर बितण्डा मच्चाउने गरेका कारण रातिको समयमा ज्यान जोगाउन समस्या भएको आरक्षका सहायक संरक्षण अधिकृत झोलाइ चौधरीले बताउनुभयो । 

स्थानीयवासीलाई काठ दाउरा र चरीचरनबाट रोक लगाउने गरेको भएपनि आरक्षले जङ्गली जनावर रोक्न नसकेकोमा स्थानीयवासीले आक्रोश पोखेका छन् । आरक्षमा रहेको समस्या समाधान गर्न आरक्ष प्रशासन उदासीन रहेको स्थानीयवासीले बताएका छन् । 

आरक्षले आफ्नो क्षेत्रमा जनतालाई प्रवेश गर्न नदिने तर जङ्गली जनावर गाउँ पसेर बाली खाने, कुल्चिदिने, नष्ट गरीदिने गरेको भएपनि त्यसलाई रोक्न ध्यान नदिएको आरक्ष क्षेत्रका सर्वसाधारणको गुनासो छ । 

एकतर्फ हात्तीको आतङ्क र अर्कोतर्फ आरक्षमा सुरक्षार्थ खटिएका सेनाले महिलालाई अभद्र व्यवहार गर्ने र प्रतिवाद गरे पक्रेर रु पाँचसय जरिवाना तिराउने गरेको स्थानीयवासीको आरोप छ । हात्ती आतङ्क जारी रहेको भएपनि आफूले नियन्त्रणको प्रयास गरिरहेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार शाहले बताउनुभयो । उहाँले यहाँ धेरै समस्या रहेको स्वीकार गर्नुहुँदै समाधानको प्रयासमा आरक्ष लागेको बताउनुहुन्छ । 

हात्तीले स्थानीयवासीको घर तोडफोड गर्नुका साथै आरक्षको कार्यालयलाई समेत अछुतो राखेको छैन । आरक्षको बाउन्ड्री वाल (घेरा पर्खाल), भान्सा कोठा पनि हात्तीले तोड्फोड गरिदिएका छन् । यसमा आरक्ष मात्र नभई स्थानीय प्रशासन र सरकारको ध्यान जानु जरुरी छ नत्र अहिले घर तोडफोड गरिरहेको हात्तीले मानिसको ज्यान लिन समेत पछि पर्नेछैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा