अमृत बास्तोला/पुस २९, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई शुक्रबार अमेरीका र डेनमार्कबाट सहयोग रकम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमृत बास्तोला/पुस २९, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई शुक्रबार अमेरीका र डेनमार्कबाट सहयोग रकम"/>
2026-08-17 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

संक्रान्तिबजारका अग्निपिडितलाई अमेरीका र डेनमार्कबाट सहयोग

अमृत बास्तोला/पुस २९, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई शुक्रबार अमेरीका र डेनमार्कबाट सहयोग रकम उपलब्ध भएको छ । 

संक्रान्तिबजार घर भई हाल वाईट हेड ईन्जिनियरीङ कम्पनि नेपालमा कार्यरत सफ्टटवेयर ईन्जिनियर मदन ईङनामले अमेरीका र नेपालमा संकलित १६ लाख ११ हजार बाराबरको सहयोग रकम र जिन्सी सामग्री पिडित परिवारलाई उपलब्ध गराउनु भएको छ । 

संक्रान्तिबाजर आईपुग्नुभएका ईन्जिनियर ईङनामले आगलागी क्षेत्रको अवलोकन पश्चात्, ईलाका प्रहरी कार्यालयमा औपचारीक कार्यक्रमको आयोजना गरी १२ लाख ११ हजार रुपैयाको चेक उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पैडेललाई हस्तान्तरण गर्नु भएको छ । त्यस्तै ६० अग्निपिडित परिवारलाई ४ लाख बराबरको प्रेसर कुकर, कराई र थर्मस वितरण गर्नु भएको छ । 

ईन्जिनियर ईङनामको  एकल प्रयासमा अमेरीकाबाट १५ लाख ६६ हजार रुपैया र नेपाल स्थित ईन्जिनियरीङ कम्पनिबाट ४५ हजार रुपैया सहयोग रकम संकलन गरिएको बताइएको छ । संकलित सहयोगबाट अग्निपिडित परिवारहरुलाई दैनिक जिविकोपार्जनका लागि भान्साकोठामा आवश्यक राहत सामग्री उपलब्ध गराईएको ईन्जिनियर ईङनामले बताउनु भयो । 

संक्रान्तिबजारमा भएको आगलागीका पिडित परिवारलाई ईङनामको अनुरोधमा अमेरीकाका नगरीक मार्क डियोनीले अमेरीकामा सहयोग अभियान संचलान गर्नु भएको थियो । डियोनीको अभियानमा अमेरी नगरीक पेटर डोजी, ब्रयन स्टार बर्क लगायतले सहयोग गर्नु भएको बताइएको छ ।  

डोजीले २०३५ साल देखि निरन्तर ३ वर्ष त्रिमहोन माध्यमिक विद्यालय संक्रान्तिबजारमा विज्ञान विषयको शिक्षण गर्नु भएको बताइएको छ । त्यस्तै डियोनी पनि केही वर्ष अघि संक्रान्तिबजार भ्रमणमा आउनु भएको ईन्जिनियर ईङनामले बताउनु भयो ।

अग्निपिडित परिवारलाई उत्ता डेनमार्कबाट पनि शुत्रबार सहयोग रकम उपलब्ध भएको छ । संक्रान्तिबजार हाल डेनमार्क निवासी रोशन सिटौला र राजु शिवाकोटी मार्पmत डेनमार्क ग्रुपले संचालन गरेको अभियानबाट सहयोग रकम उपलब्ध भएको छ । ईलाका प्रहरी कार्यालय संक्रान्तिमा भएको कार्यक्रममा समाजसेवी शिवाकोटीको आमा सरला शिवाकोटीले ३ लाख २६ हजार २ सय ६७ रुपैयाको चेक उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष पैडेललाई हस्तान्तरण गर्नु भएको छ । 

पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट