माधव बेल्वासे | माघ २, कपिलवस्तु | जसको खुट्टा छोटो छ वोल्न असिजिलो हुन्छ उसले कसरि रिक्सा चलाउछ सोच्दा पनि मनै वाट दया जागेर आउछ । भन्छन दैवले जे लेख्यो त्यो भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव बेल्वासे | माघ २, कपिलवस्तु | जसको खुट्टा छोटो छ वोल्न असिजिलो हुन्छ उसले कसरि रिक्सा चलाउछ सोच्दा पनि मनै वाट दया जागेर आउछ । भन्छन दैवले जे लेख्यो त्यो भए"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

खै त अपाङ्गतालाई भत्ता ? एक खुट्टाले रिक्सा चलाउनु बाध्यता

२०७३, २ माघ आईतवार ११:०७

माधव बेल्वासे | माघ २, कपिलवस्तु | जसको खुट्टा छोटो छ वोल्न असिजिलो हुन्छ उसले कसरि रिक्सा चलाउछ सोच्दा पनि मनै वाट दया जागेर आउछ । भन्छन दैवले जे लेख्यो त्यो भएरै छाड्छ भनेर, सदाझैं यस वर्ष पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले विविध कार्यक्रमको आयोजना गरेर अपा∙ दिवस मनाए । वास्तविक तथ्याङकको अभाव भए तापनि स्वदेशी तथा विदेशी संस्थाहरूले जनाएको तथ्याङक अनुसार विश्वमा हाल कुल जनसख्याको १० प्रतिशत कुनै न कुनै किसिमको अपा∙काताबाट पीडित रहेको र राज्यको तथ्याङक अनुसार भने ५ प्रतिशत रहेको बाहिर आएको छ । तर वास्तविक अपांगलाई हेर्ने कोहि हुँदैन ।अपा∙को हकमा वोल्ने विभिन्न संघ सस्थाहरु भाषणमा भ्याई नभ्याई छ । 

कपिलवस्तुको शिवराज न.पा.९ भलुहि निवासि सुन्तन थारु र खुसानि थारुको कोखवाट जन्मिएका दिनेश थारु शारिरिक अपाङग छन। उनको एउटा खुट्टा सानो छोटो छ भने सजिलै संग बोल्न पनि सक्दैनन् । दैवले पनि सबै थोक एउटै लाई दिएर दुख माथि दुख थपिदिएको छ । बावा आमाको एक्लो छोरो,दाइ भाइले कमाउलान भन्नु छैन , बावा आमा बुढा बुढि भइसक्नु भयो, घरमा रहेकि एउटि बहिनि अनि बुढा भएका बा आमा कसरि पाल्ने , कसरि पढाउने भन्दै आसुँ झार्छन दिनेश । अपाङग भएर पनि आफनो खर्च धान्न रिक्सा चलाउँछन उनि । उनले सकि नसकि रिक्सा भरी सामान राखेर तानेको देख्दा जो कोहिको आखामा आँसु आउँछ ।  घर को आर्थिक स्थिति कमजोर हुँदा र कुनै पनि संघ संस्थाले आफुलाई सहयोग नगर्दा उनले आफ्नो पढाई विचैमा छोड्नु पर्यो । हिड्दा लठ्ठीको साहारामा हिड्ने व्यक्ति  कसरि त्यति धेरै सामान लोड गरि रिक्सा चलाउन सकेको होलान भनि देख्ने जति सबै अचम्ममा पर्ने गर्दछन र सुन्दा अचम्म लाग्ने तर यो बास्तबिक हो । उनि आफु हिड्दा लट्ठीकै साहारामा हिड्छन भने रिक्सा चलाउदा दाहिने खुट्टाको भरमा रिक्सा चलाउछ्न  ।

पढाई गर्ने रहर रहेको भएता पनि आर्थिक अवस्था कमजोर भएकाले कक्षा ९ अध्यान गर्दै गर्दा रिक्सा चलाउन सुरु गरेको दिनेशले वताए । दैनिकि ४ सय रकम कमाउने  सो रकमले दैनिकि चलाउदै र वहिनि पढाउने गरेको उनले वताए ।  

वास्तवमा अपाङग के हो  कसरी हुन्छ र नेपालमा अपाङगहरूका लागि के कस्तो व्यवस्था गरिएको छ भन्ने कुरा नै मुख्य भएकोले यसैबारे चर्चा गर्नु सान्दर्भिक छ । हाम्रो समाज पूर्णरूपमा सामाजिक रूढिवाद र धार्मिक नीतिनियमको आधारमा चलेको छ । यसै क्रममा अपाङग हुनु वा भएका व्यक्तिहरूलाई समाजमा दोस्रो दर्जाको मानिसको रूपमा लिइन्छ, दिनेशलाई पनि आफु अपांग हुँदा धेरै समस्या झेल्नु परेको वताउँछन ।

अपाङग लाई हरेक शुभ कार्यदेखि सामाजिक कार्यमा बन्देज लगाइन्छ । शारीरिक तथा मानसिक अक्षमता त्यसमाथि समाजको अत्याचारले गर्दा उनीहरूलाई अशक्त बनाइदिन्छ । कोही पनि मानिस अपाङग हुन चाहंदैन तर अनेक प्राकृतिक प्रकोप तथा दुर्घटनाका कारण अपाङग बन्न पुग्छ । दिनेशको पनि बाल्यकाल निकै रमाईलो थियो, तर ७, ८ वर्षकै उमेरमा उन्लाई विरामि भयो र उपचार गर्ने पैसा नहुँदा र जति दुःख देखाएपनि  कसैले सहयोग नगर्दा उनि नचाहाँदा नचाहाँदै अपाङग बन्न पुगे । त्यसैले अपाङग पूर्वजन्मको पाप नभएर व्यक्ति, परिवार, समाज, प्रकृति तथा संस्कृतिको लापरवाही र आर्थिक स्थितिको नतिजा मात्र हो । अपाङग हुनुलाई पाप र कुकार्यसंग तुलना गर्नुभन्दा सपाङगहरू सरहको सच्चा व्यवहार गर्नु आजको आवश्यकता हो ।

विकासको नाममा भइरहेको विनाश तथा राजनीतिक अस्थिरताका कारण नेपालमा अपाङग सङ्ख्या बढ्दो छ । अपाङगहरूको हकहितका लागि खोलिएका सरकारी तथा गैरसरकारी संस्थाहरूले प्राप्त अनुदान तथा सहयोगको सही सदुपयोग गर्नुपर्छ, तव मात्र दिनेश थारु जस्ता अपाङगता पाएका व्यक्तिहरुले राहत पाउँछन  । 

यसरी अपाङगहरूको हकहितका लागि राष्ट्रिय तथा अन्तराष्ट्रियरूपमा विविध प्रयासहरू भए तापनि ती कार्यक्रमहरूले वास्तविक अपाङगहरूको उद्धार हुन सकेको छैन । सरकारी नीति नियम अदालतीरूपमा मात्रै कार्यान्वयन हुने हुंदा सामाजिकरूपमा हुने विविध भेदभाव तथा छीःछीः र दुर्दुर्को भावनालाई स्वयं आफ्नै मनदेखि हटाउनु आवश्यक छ । जसले अपाङगहरूमा हुने नकारात्मक असर न्यूनीकरण गर्न सहज हुन्छ। उनीहरूभित्र हुने आत्मग्लानि तथा अशक्त हुं भन्ने भाव जरैदेखि उखाल्नका लागि पनि अन्य व्यक्तिको सहयोग आवश्यक छ ।अपाङग लाई सपाङगको महसुस गराउनु हाम्रो कर्तव्यहो र  यसका लागि सरकारी, सामाजिक तथा पारिवारिक सहयोग र सल्लाह भने नितान्त आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ