मंसिर २१, नवलपरासी
। नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको बर्दघाटमा हुन गइरहेको एकता अधिबेशनका लागि
प्रतिनिधिहरुको छनौट भइरहेको छ । सो पार्टीको ९ वटा इलाका र नगर तथा गाउ कमिटी एंवम् जनबगीय
संगठनहरुबाटप प्रतिनिधि पर्यबेक्षक चयन कार्य भइरहेको जिल्ला सहसंयोजक सुर्य न्यौपानेले जानकारी
दिनुभएको छ ।
त्यस्तै परि थापा नेतृत्वको नेकपा एकीकृत
नवलपरासीले समेत प्रतिनिधि छनौट गरिसकेको गणशेराज भट्टले बताउनुभयो ।
नेकपा–माओवादी र नेकपा एकीकृतबीच यही मंसिर २४ गते बर्दघाटमा एकता अधिबेशन हुदैछ । अधिबेशनमा
क्रान्तिकारी माओवादीका सचिवालय सदस्य देव गुरुङ आउनुहुने सो पार्टीले जनाएकोछ ।
त्यस्तै अधिबेशनमा क्रान्तिकारी युवा लिग र अखिल क्रान्तिकारी नवलपरासीललाई स्वयम्सेवक
परिचालनको जिम्मा दिइएको लीगका जिल्ला उपाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभएको छ ।