2026-10-18 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

हावाबाट पानी सङ्कलन प्रविधि बिग्रंदा तीनजुरे क्षेत्रमा संकट

प्रकाश धौलाकोटी/माघ ६, तेह्रथुम । गुराँसको राजधानी भनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रका विभिन्न बस्तीमा खानेपानीको चरम अभाव खड्किन थालेको छ । सो क्षेत्रमा पर्ने तेह्रथुम र सङ्खुवासभाका सीमावर्ती टुटेदेउराली, घुर्मिसे, आरआर गार्डेन, तीनजुरे पाथीभरा र पाँचपोखरी लगायत बस्तीमा खानेपानीको चरम अभाव भएको हो । 

स्वच्छ पिउने पानी नपाउँदा यहाँ आइपुग्ने पैदलयात्री, आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीलाई समस्या भएको घुर्मिसेका डिकबहादुर पौडेलले बताउनुभयो । “एक दशकदेखि कुहिरोबाट पानी जम्मा गरेर उपभोग गर्दैै आएका थियौँ”, पौडेलले भन्नुभयो, “अहिले कुहिरोबाट पानी जम्मा हुने प्रविधि बिग्रिएपछि हामी यहाँका बासिन्दासँगै पर्यटक, पाथीभरामा आउने दर्शनार्थी र पैदलयात्रीलाई खानेपानीको समस्या छ ।” 

प्रायजसो चौबिसै घन्टा कुहिरोले ढाक्ने यहाँका डाँडाकाँडालाई लक्षित गरी तीनजुरे पाथीभरा नजिकै कुहिरोबाट पानी जम्मा गर्ने जाली राखेर ट्याङ्की र धारा निर्माण गरिएको थियो । उतिबेला स्वास्थ्यका लागि पानी (नेवा) नामक संस्थाले रु १८ लाखको लागतमा निर्माण गरिदिएको सो प्रविधिले दुई वर्षअघि सम्म पानी पिलायो । तर अहिले सो प्रविधिको मर्मतसम्भारका लागि प्राविधिक नहुँदा तथा मर्मत सामग्री महँगो पर्दा आफूहरुलाई पुनः खानेपानी समस्या जस्ताको तस्तै भएको स्थानीयवासीको गुनासो छ । 

दुईहजार आठसय मिटरदेखि माथिको उचाइमा रहेका यी स्थानमा पिउने पानीका अरू कुनै मुहान छैनन् । न त कतैबाट पानी ल्याउन सक्ने अवस्था नै छ । खानेपानीको समस्या भएपछि दशकअघि कुहिरोबाट पानी सङ्कलन गर्ने प्रविधि जडान गरिएको भए पनि अहिले बिग्रिएर पुनः मर्मत गर्न नसक्दा समस्या भएको तीनजुरे पाथीभरा मन्दिर फेदीका व्यापारी युवराज खड्काले बताउनुभयो । 

यी बस्तीका बासिन्दाले एक गाग्री पानी ल्याउन एक घन्टा ओरालो झरेर उकालो चढ्नुपर्ने बाध्यता रहेको छ । हावाबाट पानी जम्मा हुने प्रविधि मर्मत नभएर बिग्रिएपछि आफूहरुले सास्ती बेहोर्नु परेको स्थानीयवासी धु्रव खड्काले बताउनुभयो । प्रविधि बिग्रिएपछि सबैभन्दा बढी तीनजुरे डाँडामा रहेको पाथीभरा भगवती देवीको दर्शन गर्न आउने भक्तजन मारमा परेका छन् । 

“मन्दिर छेउको डाँडामा पानी सङ्कलन गर्न जडान गरिएको महँगो मूल्यका दुईवटा जाली थोत्रिएका छन्् जसले गर्दा ट्याङ्कीमा पानी जम्मा नै हुँदैन, भक्तजनलाई साह्रै दुःख भयो”, खड्काले भन्नुभयो । यो क्षेत्रका यी बस्ती कुम्भकर्ण, मकालु, कञ्चनजङ्घा लगायतका हिमाल आरोहण पदमार्गमा पर्छन् । यही मार्ग भएर ताप्लेजुङको पाथीभरा दर्शनका लागि जाने पैदलयात्री पनि धेरै हुने गरेका छन् । 

यस्तै, ताप्लेजुङको पाथीभराकै शिला ल्याएर स्थापित यहाँको सानो तीनजुरे पाथीभरा मन्दिरमा पनि दैनिक सयौँको सङख्यामा भक्तजन आउने गरेका छन् । तर पानी नहुँदा तीर्थयात्रीले पूजाआजापछि खानका लागि पनि बोतलमा बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासी दावा शेर्पाले बताउनुभयो ।

पानी अभावका कारण पाँचपोखरीका २० परिवार आफ्नै पुरानो थातथलो फर्किएका छन् । पानी नभएपछि दैनिकी गुजार्न तथा गाईगोठ चलाउन र व्यापार–व्यवसाय गर्न समेत समस्या भएपछि उनीहरु गाउँ फर्किएको पाँचपोखरीका डम्बरबहादुर बुढाथोकीले बताउनुभयो । 

पहिले पाँचवटा पोखरी भएको आधारमा यो बजारलाई पाँचपोखरी भनिएपनि अहिले पोखरी सुकेर यहाँका बासिन्दालाई पिउनेपानीकै चरम अभाव भएको हो । खानेपानी समस्या भएपछि यहाँ बस्दै आएका बासिन्दा धमाधम तलतिर बसाइँ सर्न थालेका छन् । 

पूर्वकै आकर्षक गन्तव्य मानिने यी क्षेत्रमा पिउनेपानीको दीर्घकालीन व्यवस्था नभए पर्यटक पनि नआउने निश्चित छ । तर यहाँका स्थानीयवासीसँगै पर्यटकका लागि समेत सेवा पुग्ने गरी खानेपानीको सहज पहुँच दिलाउन अहिलेसम्म कसैको ध्यानाकर्षण भएको छैन । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु