२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भेटघाटमा ब्यस्त माओवादी

२२ मंसिर २०७२, मंगलवार ०६:५६

मंसिर २२, नवलपरासी । नेकपा क्रान्तिकारी
माओवादी नवलपरासीको मंसिर २४ गते बर्दघाटको गुम्बाहलमा हुने एकता अधिबेशनको तयारीका तमाओवादीले बर्दघाट
नगरक्षेत्रका कार्यकर्ता भेटघाट तथा घरदैलो शुरु गरेकोछ ।

माओवादी एकता र धुब्रीकरणमा पार्टी
कार्यकर्ताहरुको उल्लेख्य सहभागिता गराउनका लागि पार्टीका नेता कार्यकर्ता शहिद तथा बेपत्ता परिवार एंव
शुभेच्छुकहरु संग भेटघाटलाई तीब्रता दिइएको क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य चुडामणि
भण्डारीले बताउनुभएकोछ ।

घरदैलो तथा भेटघाट अन्तरगत मंगलबार बर्दघाट वडा नम्बर ५ को
बण्डाखोला,बर्दघाट वडा नम्बर ४ को हरियालीनगर तथा देवीनगरमा घरदैलो गरिएको क्रान्तिकारी माओवादीका
जिल्ला सदस्य गोबिन्द विश्वकर्माले जानकारी दिनुभयो ।

त्यस्तै माओवादी जनबर्गीय संगठन तथा जातीय
मोर्चाहरुले समेत भेटघाट तथा धुब्रीकरणलाई तीब्रता दिने अखिल नेपाल किसान संघ क्रान्तिकारीका जिल्ला
संयोजक छबिलाल खरेलको भनाई छ ।

त्यस्तै एकता अधिबेशनको तयारी स्वरुप इलाका नम्बर ६ र ७ ले समेत
कार्यकर्ता भेटघाट शुरु गरेको डिबी थापाले जानकारी दिनुभएकोछ  अधिबेशनमा एक सय बढि प्रतिनिधि
पर्यबेक्षकको सहभागिता रहने र २ महिनाभित्र जिल्ला सम्मेलन गरिने क्रान्तिकारी माओवादी नवलपरासीका
सहसंयोजक सुर्य न्यौपानेले बताउनुभएको छ ।

नेकपा–माओवादी र परि थापा नेतृत्वको नेकपा एकीकृतबीच
पार्टी एकता पछि नवलपरासीमा हुने जिल्ला एकता अधिबेशनलाई सम्बोधन गर्नका लागि क्रान्तिकारी माओवादीका
केन्द्रीय सचिवालय सदस्य तथा पुर्वमन्त्री देव गुरुङ आउनुहुने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…