मंसिर २३,
नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको एकता अधिबेशनको अन्तिम तयारी पुरा भएको छ ।
पार्टीका जिल्ला सहसंयोजक सुर्य न्यौपानेले दिएको जानकारी अनुसार प्रतिनिधि पर्यबेक्षक,हल ब्यवस्थापन
तथा स्वयमसेवक परिचालन लगायत सबै तयारी पुरा भएको छ । अधिबेशनमा एक सय बढि प्रतिनिधि पर्यबेक्षक सहभागी
हुने सहसंयोजक न्यौपानेले जानकारी दिनुभएको छ ।
त्यस्तै
एकता अधिबेशनका लागि युवा तथा बिद्यार्थीहरुको भेला समेत भएको छ । बर्दघाटमा बुधवार भएको भेलाले
स्वयम्सेवक समुह समेत गठन गरेको छ ।