२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पनि आप्रवासी सप्ताह बिविध कार्यक्रम गरी मनाईंदै

२८ मंसिर २०७२, सोमबार १२:०७

दयाराम आचार्य/
मंसिर २८, नवलपरासी ।
डिसेम्बर १८ तारिख अर्थात पुस ३ गते पर्ने आप्रवासी कामदार दिवस सरकारको
राष्ट्रिय कार्यक्रम अन्र्तगत नवलपरासीमा पनि यस क्षेत्रमा काम गर्ने हिकोडेफ ,ईन्दे्रणि सामुदायीक
बिकाश मञ्च लगाएत सरोकारवाला संघ सस्थाले सप्ताहव्यापीरुपमा जिल्लामा बिभिन्न कार्यक्रम गरी मनाउने भएका
छन ।

आज कावासोतीमा भएको यस क्षेत्रका क्रियाशिल पत्रकारहरु सगंको समन्वयात्मक बैठकमा सो कुराको
जानकारी दिईएको हो ।

साता ब्यापि कार्यक्रम अन्र्तगत आज शिवमन्दिर उच्चमावि कावासोतीमा बैदेशिक
रोजगारीका अवशर र चुनौति बिषयक जिल्ला स्तिरीय बक्तृत्वकला प्रतियोगिता ,आज र भोलि गरी दुईदिन मोटर
साईकल र्यालि सहित प्रतिवद्धता पत्रमा हस्ताक्षर ,पुस १ गते सुनवलमा मैत्रिपुर्ण फुटबल प्रतियोगिता,२
गते परासीमा आप्रवासनको प्रभाव तथा केसहरु लक्षित पत्रकार सम्मेलन र ३ गते अर्थात डिसेम्बर १८ तारिख
परासीमा चेतनामुलक र्यालि ,सभाको कार्यक्रम गर्ने बैठकमा जानकारी गराईएको थियो ।

nawalparasi

यस्तै बैठकमा हिकोडेफका कार्यकारी निर्देशक सुरविर स्थापितले शुन्य लागतमा कामदार बिदेश
जान पाउने भए पनि अझै पनि यसको कार्यन्वय हुन नसकेको , बिदेश जाने नेपालि कामदार हरु बढि रकम तिरेर जान
बाध्य भएको र म्यानपावरले चर्को मुल्य लिएर ठगि गरीरहेको तर्फ लक्षित गर्दै यस तर्फ पत्रकारहरुलाई कलम
चलाउन आग्रह गर्नु भयो ।

। हाल विश्वभर २३ करोड २० लाख मानिस आप्रवासीका रुपमा रहेको तथ्यांक छ ।
वैदेशिक रोजगार विभागका अनुसार २०५१/०५२ देखि ०७१÷०७२ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने कुल
नेपालिहरुको संख्या करीब ४१ लाख पुगिसकेको छ ।

वैदेशिक रोजगारीमा रहँदा पारिश्रमिक तथा अन्य सेवा
सुविधा, न्यूनतम् मानवअधिकार प्राप्ति आदिमा आप्रवासी कामदार भएकै कारण विभेद् नहोस् भनेर संयुक्त
राष्ट्रसङ्घले आप्रवासी कामदारको हकसम्बन्धी महासन्धि पारित गरेको दिन डिसेम्बर १८ लाई आप्रवासी कामदार
दिवसका रुपमा मनाउने गरिएको छ ।

हिकोडेफका कार्यकारी निर्देशक सुरविर स्थापितको अध्यक्षतामा भएको
समन्वयात्मक वैठकमा सामि परीयोजनाका उमा शर्मा,खगराज गौतम ,रञ्जना लम्साल लगाएत यस क्षेत्रका
पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव