२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुर क्षेत्रमा ग्यासको समुचित बितरण हुन नसकेको उपभोक्ताको गुनासो

२०७२, २८ मंसिर सोमबार १२:४८

दयाराम आचार्य/ मंसिर २८, नवलपरासी । नवलपुर क्षेत्रमा बिभिन्न
कम्पनिका ग्यास सिलिण्डर हरु कममात्रमा बितरण भएको र बितरण भएको ग्यास पनि एक ठाउ बाट बितरण गर्दा सोहि
स्थानकाले मात्र पटक पटक मात्र प्राप्त गर्ने गरेको आज कावासोतीमा भएको एक छलफल कार्यक्रमका सहभागिले
बताएका छन ।

कावासोती नगरपालिकाको सभाहलमा ग्यास कसरी न्यायोचित
रुपमा बितरण गर्न सकिन्छ भन्ने बिषयको सर्वदलिय तथा सरोकारवाल बिच भएको छलफल कार्यक्रमका सहभागिले यस्तो
बताएका हुन ।

सहभागिहरुले ग्यासको समुचित बितरण हुन नसकेको ,
पहुचवाला र टाठा बाठाले मात्र प्राप्तगरेको गुनासो गरेका थिए ।
कार्यक्रममा ग्यास बितरकहरुले आफ्नो
पहलमा ग्यास ल्याउन समस्या भएकाले प्रशासनले पनि उधोगमा ग्यास आपुर्तीको लागि पहल गर्नु पर्ने बताएका
थिए ।

यस्तै ईलाका प्रसाशन कार्यलय नवलपुरका प्रमुख लुक बहादुर क्षेत्रिले बितरकहरुले ग्यास
बितरण गर्दा सर्वप्रथम प्रसाशनलाई जानकारी दिनुपर्ने र अभवको यो समयमा बितरक देखि उपभोत्ता र सरोकारवाला
सवैजना ईमान्दार हुनु पर्ने बताउनु भएको थियो ।

सर्वदलिय तथा
सरोकारवाल बिच भएको छलफलले बितरकले ग्यास आएको बिवरण प्रशासनलाई जानकारी गराउने ,बिके्रताले आफ्ना
गा्रहकलाई बितरण गर्दा खानेपानिको बिल ,बिधुतको बिल लगाएतको परीचय पत्रको आधारमा बितरण गर्ने र
प्रशासनले त्यसको अनुगमन गर्ने निर्णय गरेको छ ।

ईलाका प्रसाशन
कार्यलय कावासोतीका प्रमुख लुक बहादुर क्षेत्रिको अध्यक्षतामा भएको छलफल कार्यक्रममा कावासोती
नगरपालिकाका कार्यकारी अधिकृत मान बहादुर खड्का,देवचुलि नगरपालिकाका कार्यकारी अधिकृत हरी प्रसाद
चापागाई,मध्यविन्दु नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राजेन्द्र प्रसाद देवकोटा ,कावासोती खानेपानि
तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष बिष्णु प्रसाद भुषाल,नवलपुर उधोग वाणिज्य संघका अध्यक्ष ओम प्रसाद
पौडेल,कावासोती नगर बिकाश समितिका अध्यक्ष सुरज गुरुग लगाएत बिभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधि
,ग्यास बितरक ,बिके्रता लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने