2026-10-17 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

डाक्टरको सरुवा रोक्न स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र

अमृत बास्तोला/माघ १०, तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुमका डाक्टर चुमनलाल दासको सरुवा प्रक्रिया रोक्नका लागी जिल्लाका डेढ दर्जन बढि संघ सस्थाहरुले माग गरेका छन् । 

जिल्ला अस्पतालका लागी अति आवश्यक डाक्टर दासलाई राजनैतिक ईगोका कारण मन्त्रालयले सरुवा गरेको भन्दै जिल्लाका २० वटा संस्थाहरुले सरुवा सच्याउन स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन । 

डाक्टर दासले जिल्ला आएको एक वर्ष नबित्तै उल्लेखनिय कार्य गरेकाले त्यसलाई निरन्तरता दिनका लागी डाक्टर दासलाई तेह्रथुम मै काम गर्ने वातावरण सिर्जना गर्नका लागी सरोकारवाला संस्थाहरुले जिल्ला प्रशासन कार्यलय मार्फत स्वास्थ्य मन्त्री समक्ष सोमबार ज्ञापन पत्र बुझाएका हुन । 

डाक्टर दासले लामो समय सम्म रोकिएको भिडियो एक्स–रे सञ्चालनमा ल्याउदै अस्पतालको सरसफाईमा समेत ध्यान दिएको, चौबिसै घण्टा औषधी पाउने व्यावस्था गरेको, अस्पतालको क्षमता बढाई ५० शैयाको क्षमता लागायतको उल्लेख्य कार्य गरेकोले यस्तो महत्वपुर्ण कार्य अरु डाक्टर बाट सम्भव नभएको भन्दै सरुवा प्रक्रिया रोक्न आवश्यक रहेको ज्ञापन पत्रमा उल्लेख रहेको छ । 

यस अघि जिल्लाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै गत माघ ५ गते नरमाया श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सरोकार मञ्च गठन गरेको थियो । तेह्रथुम जिल्लामा जिल्ला अस्पताल १, प्राथमिक स्वास्थ्य केन्द्र २, स्वास्थ्य चौकी २९ वटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु