2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रहरीले अुसन्धानमा चासो नदिएको आरोप

दिनेश ठकुल्ला/माघ ११, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ४ किर्तिपुरमा लाग्ने माघि मेलामा यहि माघ ३ गते भएको झडपमा सोही नगरपालिका वडा नं. २ निम्दि बस्ने तेज बहादुर मल्लका २३ वर्षिय छोरा चन्द्रप्रकाश मल्लको मृत्यु भएको घटनालाई प्रहरीले गम्भिरतापूर्वक नलिएको आफन्तहरुले आरोप लगाएका छन् ।

मेला हेर्न गएको बेला भएको झडमा परि घाईते भएका मल्ल घाईते भएका थिए । उनलाई घरेलु हतियारले आक्रमण गरिएको आफन्तले जानकारी दिएका छन् । घाईते भएका मल्ललाई उपचारका लागि नेपालगंज लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि लखनऊ लगिएको र उपचार गराईरहेको अवस्थामा माघ ७ गते मृत्यु भएको मृतकका बुवा तेज बहादुर मल्लले बताउनुभयो ।  

सोही घटनामा परि अन्य दुईजना समेत घाईते भएका थिए । उनिहरु उपचारपछि घर फर्किएका छन् । घाईते हुनेमा ललित भण्डारी र दुर्गा पुलामिमगर रहेका छन् । घाईतेहरुले दिएको बयानको आधारमा ६ जना विरुद्ध किटानी जाहेरी दिएपनि प्रहरी एक जना मात्रै पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा नं. ४ किर्तिपुरका चन्द्रकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विक्रम चन्दले जानकारी दिएका छन् । उनले फरार रहेका अन्य पाँच जना भागेर भारततर्फ गएको सूचना आएकोले तिनिहरुको खोजिकार्य भैरहेको बताउनुभयो ।

फरार रहेकाहरुमा किर्तिपुर बस्ने बसन्त चौधरी, गाविन्द चौधरी, भुकाली चौधरी, शिवशंकर चौधरी र मनिराम चौधरी रहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब निरिक्षक प्रकाश बोहराले जानकारी दिए । 

प्रहरी नायब निरिक्षक बोहराले फरार अभियुक्तहरु लुकेर बस्न सक्ने स्थानको खोजी भैरहेको बताउँदै फरार अभियुक्तका आफन्त र इष्टमित्रहरु संग सोधखोज गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई