ललित बोहरा । माघ १२ डडेल्धुरा । भारतीय कम्पनीको अबैध सागर र घोडा नामक बिडी डडेल्धुरा लगायत सुदुरपश्चिका पहाडी जिल्लामा खुल्ला रुपमा बिक्री भईरहेकोे छ । नेपाल सरकारले भारतीय सुर्तिजन्य पदार्थहरु खरिद, बिक्रीमा रोक लगाएको सागर र घोडा बिडी डडेल्धुरा लगायत सुदुरपश्च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । माघ १२ डडेल्धुरा । भारतीय कम्पनीको अबैध सागर र घोडा नामक बिडी डडेल्धुरा लगायत सुदुरपश्चिका पहाडी जिल्लामा खुल्ला रुपमा बिक्री भईरहेकोे छ । नेपाल सरकारले भारतीय सुर्तिजन्य पदार्थहरु खरिद, बिक्रीमा रोक लगाएको सागर र घोडा बिडी डडेल्धुरा लगायत सुदुरपश्च"/>
2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अबैध भारतीय कम्पनीको बिडी डडेल्धुरा लगायत सुदुरपश्चिमा खुलायाम खरिद बिक्री

ललित बोहरा । माघ १२ डडेल्धुरा । भारतीय कम्पनीको अबैध सागर र घोडा नामक बिडी डडेल्धुरा लगायत सुदुरपश्चिका पहाडी जिल्लामा खुल्ला रुपमा बिक्री भईरहेकोे छ । नेपाल सरकारले भारतीय सुर्तिजन्य पदार्थहरु खरिद, बिक्रीमा रोक लगाएको सागर र घोडा बिडी डडेल्धुरा लगायत सुदुरपश्चिमका अधिंकाश पसलहरुमा अबैध खरीद बिक्री भईरहेको स्थानीय प्रशासन अर्थात अनुगमन निकायलाई यसबारे केही जानकारी छैन । डडेल्धुराको जोगबुडा क्षेत्र र बैतडीको सदमुकाम गोठलापनीबाट भने केही दिन अगाडी ठुलो मात्रामा भारतीय कम्पनीको बिडी बरामद गरी नष्ट गरेको प्रशासन कार्यालयहरुले जानकारी दिएका छन । बिडी बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट डडेल्धुराको रुपाल र जोगबुडा सिमाबाट नेपाल भित्रीने गरेको छ ।

    भारतीय कम्पनीद्धारा उत्पादीत सुर्तीजन्य पदार्थहरु चुरोट, विडी, तम्वाखु, खैनी, सुर्ती, पानमसला लगायतका अबैधानीक भएकोले नेपाल भित्र प्रबेश निषेध भएपनी स्थानीय प्रसासनको लापरबाहीका कारण सजिलै नेपाल आउने गरेको बैतडीका एक ब्यापारीले नाम नबताउने सर्तमा जानकारी दिनु भयो । डडेल्धुरामा भने कसरी आउछ भने जानकारी दिन नमिल्ने तुफानडाडाँमा लुकाएर अबैध भारतीय बिडी बिक्रेताले बताए । भारत र नेपालको सिमाना झुलाघाट बैतडी, दार्जुलाको पुलघाट सिमाबाट सजिलै आफुहरुले बिल नलिई सिमा सुरक्षामा रहेका सुरक्षाकर्मीको आँखा छली लुकाई छिपाई ल्याउने गरेको स्थानीय ब्यापारीक स्रोतले जनाएको छ ।  नेपालमा सुर्तीजन्य पदार्थहरुको नियन्त्रण सम्वन्धि कानुनमा  ९० प्रतिशत क्यान्सरको फोटो सहित सवैले देख्ने गरेर यसको हानीवारे कभरमा उल्लेख गर्नुपर्छ ।

यो बिडी सेवन गरने नागरीकहरुलाई कुनै किसीमको रोग लागेमा जिम्मेवार निकाय नरहेको प्रति एक जना स्थानीयले सम्बन्धीत निकायले बिक्रीमा रोक लगाउनु पर्नेमा जोड दिएका छन् । भारतीय बिडी नेपालमा सजीलैसंग भित्रीय पछि नेपाली बिडीको बिक्रीमा गिरावट आएको बारा जिल्लामा उत्पादन हुने ९० नामक बिडी उत्पादक कम्पनीका सञ्चालक रबेन्द्र झाले गुनासो गरेको छन् । नेपाली बिडी उत्पादक टोली जिल्ला प्रसासन बैतडी र दार्चुला पुगी अबैध बिडी रोक्न आग्रह गरेपनी केही पहल नगरेको कम्पनी सञ्चालकहरुले बताएका छन् । बैतडी र डडेल्धुराका गाउँ गाउँका खुद्रा पसलमा पनी यो बिडी सजिलै पाईने कैलापल बैतडीका एक स्थानीयको भनाई छ । नेपाली बिडी भन्दा सेवन राम्रो हुने गरेकोले अधिकाश उपभोक्ताहरुले भारतीय बिडी नै खोज्ने गरेको बिडीको डिलर सञ्चालहरुको भनाई छ ।  भारतीय र नेपाली बिडीको मूल्य भने १५  नै रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई